Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

टेक एण्ड पे प्रावधान सच्याइनेछः मन्त्री खड्का


काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको टेक एण्ड पे प्रावधान सच्याइने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटमा टेक एण्ड पे, टेक अर पे का विषयले चर्चा पाएको बताउँदै उर्जामन्त्री खड्काले यो बुझेर वा नबुझेर वा गल्तीले जुनसुकै कारणले आएको भएपनि सच्याइने बताए । त्यसका लागि उर्जा मन्त्रालयले निर्णय गरेर अर्थमन्त्रालय पठाइसकेको जानकारी दिए । लक्ष्य एकतिर र काम अर्कोतिर हुन नसक्ने उनको भनाइ छ । लक्ष्य पहिल्याउनका लागि प्रशस्त मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा आएको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाको ‘टेक एण्ड पे’ (लिएपछि मात्रै तिर) प्रावधानअनुसार विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणाका विरुद्ध ऊर्जा उत्पादकहरुले असन्तोष व्यक्त गर्दै आएका छन् ।

मन्त्री खड्काले भने , ‘यसबीचमा पनि टेक एण्ड पे, टेक अर पे का विषयले केही चर्चा पाएकै छ । त्यसमा पनि मैले पटक पटक भनिसकेको छु, अनुरोध गरिसकेको छु, यो बुझेर वा नबुझेर वा गल्तीले जेसुकै भएपनि यो सँच्चिन्छ र मन्त्रालयले निर्णय गरेर अर्थमन्त्रालय पठाइसकेको छ । किनभने लक्ष्य एकतिर हामी अर्कातिर हिँड्न सक्दैनौँ । लक्ष्य पहिल्याउनका लागि प्रशस्त मेहनत गर्नुपर्नेछ ।’

मन्त्री खड्काले अबका १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्नसके खपत हुनेकुराको सुनिश्चितता गरिएको बताए । त्यसका लागि सबै मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?