काठमाडौं। अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि पूर्वतिरका राजमार्गमा रहेका अस्थायी संरचनाहरू हटाउन थालिएका छन्। नेपाल प्रहरी, सूर्यविनायक नगरपालिकाका नगर प्रहरीको सुरक्षामा मिचेर बनाइएका अस्थायी संरचनाहरू डोजर लगाएर भत्काउन सुरु गरिएको हो। त्यस्तै, अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रे पुग्ने राजमार्ग खण्ड ६ लेनमा विस्तार गर्ने योजनाको काम भइरहेको छ। योजना
काठमाडौं। नेकपा (एमाले) को संसदीय दलले सङ्घीय संसद्को हिउँदे अधिवेशनमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न सो दलका सांसदलाई निर्देशन दिएको छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि सुरु हुँदै छ । सो दलका सचेतक महेश बर्तौलाले आइतबार सम्पन्न दलको बैठकमा सो निर्णय भएअनुसार निर्देशन दिइएको
बाजुरा। १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बूढीनन्दा नगरपालिकाले हात पारेको छ । बूढीनन्दाले बडीमालिका नगरपालिकालाई हराउँदै १३ वर्षपछि उक्त उपाधि चुमेको हो । त्यस्तै, कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा बूढीनन्दाले १८ स्वर्ण, २१ रजत र दुई कास्यसहित ४१ पदक हात पारेको छ भने बडीमालिकाले १८ स्वर्ण, १४ रजत
डडेल्धुरा। जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर सासू बुहारी दुवै जनाको मृत्यु भएको छ । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै, मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६०
काठमाडौं। संगीत उद्योगको सबैभन्दा ठूलो अवार्डमध्ये एक ‘ग्रामी अवार्ड’को ६६औँ संस्करण ‘ग्रामी अवार्ड २०२४’ लसएन्जल्सको कोम एरिनामा आइतबार राती सम्पन्न भएको छ । यसपटक अवार्डमा बिली इलिश, दुआ लीपा, बिली चाइल्ड, कोको जोनस, ओलिविया रोड्रिगो र अन्य कैयौँ स्टार अवार्डबाट सम्मानित भएका छन् । यसपटक टेलर स्विफ्टदेखि लिएर एड शीरन,
काठमाडौं। दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फिर्ता भएको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत समेत गरेका छन् । त्यसैगरी, समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो भने सुपर सिक्समा भने भारत
काठमाडौं। सन् २०२६ को विश्वकप फुटबलको फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाले गए राति फाइनल खेल न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने घोषणा गरेको हो । उक्त खेल सन् २०२६ को जुलाई १९ मा आयोजना हुनेछ भने सन् २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दै छन् ।
काठमाडौं। आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य ४०० रुपैयाँले घटेर कारोबारमा आएको हो । महासंघका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ३५० रुपैयाँ थियो
काठमाडौं। स्पेनिस लालिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड एथ्लेटिको डि मड्रिडसँग बराबरीमा रोकिएको छ । लिग तालिकामा रियल शीर्ष स्थानमा छ भने एथ्लेटिको चौँथो स्थानमा छ । त्यस्तै, आइतबार राति भएको खेलमा रियल र एथ्लेटिको १-१ गोलको बराबरी खेले । रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा २० औं
धनुषा। मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आइतबार समझदारीपत्रमा हस्ताक्षरसमेत गरे । सो अवसरमा मन्त्री भण्डारीले भने,’स्थानीय तह