Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

याेग: आनन्दमय जीवन जिउने कला


पछिल्लाे समय अस्वस्थकर खानपान (जाँड रक्सी सेवन, चुरोट, खैनीको कुलत) निष्क्रिय जीवनशैली (शारीरिक व्यायामको कमी) जस्ता कारण दीर्घ र नसर्ने रोगको सामना गरिरहनु परेको छ । आनन्दमय जीवन जिउने कलाका लागि यौगिक परामर्श, कर्म फल विनाको सेवा, आसन, प्राणायाम, ध्यान, स्वस्थ्यकर भोजन, तनाव व्यवस्थापन क्रियाकलाप बढाउन आवश्यक छ ।

योग प्रशिक्षक डा. बिनोद घिमिरेका अनुसार जीवनशैलीका कारण सिर्जना हुने मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मस्तिष्कघात, अम्लपित्त, क्यान्सर, मिर्गौलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, ढाड दुख्ने, उच्च बोसोपन, मोटोपना जस्ता रोग निवारणका लागि योग लाभदायक हुने प्रमाणित भएको छ । उहाँ थप्दै भन्नुहुन्छ, ‘योग गरेर अन्य औषधि छुटाउँछु भन्नु र योगको कुनै लाभ छैन भन्नु दुवै अनभित्रता हुन् ।’

योगलाई विधिपूर्वक गर्नु पर्छ । जसले पनि योग गर्न मिल्छ, भन्नु हुँदैन । उहाँले सुझाव दिँदै भन्नुभयो, ‘व्यक्तिमा भएको शारीरिक तथा मानसिक अवस्थाको परीक्षण गरेर त्यसअनुरुप योग गराउनु पर्छ । लााभ हुन्छ ।’योग प्रशिक्षक डा. सुमन विष्टका अनुसार योग चिकित्सामा सरीर तथा मनका विभिन्न अभ्यास गरिन्छ । यसबाट विश्रामको गहिरो अवस्था पुग्न सकिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनकाअनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र होइन । स्वस्थ्य हुन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा सन्तुलित हुनुपर्छ । यो सबैको प्राप्ति योगबाट सम्भव छ । योगले कुन अवस्थामा कसरी काम गर्छ भन्ने कुरा सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास चाहिन्छ ।  योग चिकित्साको अवधारणा, मधुमेह, मोटोपन, मुटु रोग, उच्च रक्तचाप, श्वासप्रश्वास र तनाव व्यवस्थापनमा कुन उपयोगी योगका विषयमा सिकाइनेछ ।


प्रकाशित मिति: ४ चैत्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?