Trending
>>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


हरिप्रसाद लम्साल सचिवमा बढुवा

काठमाडौँ । सरकारले हरिप्रसाद लम्साललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासन सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो । लम्साल सुदूरपश्चिम प्रदेश सरकारका कायममुकायम (कामु) प्रमुख सचिवको जिम्मेवारीमा रहेका थिए ।

छाउनीस्थित घरमा सलले पासो लगाएकाे अवस्थामा डा. प्रतिभा धौभडेलकाे शव फेला, कारण रहस्यमय

काठमाडौँ । काठमाडौँको छाउनीमा एकजना चिकित्सक मृत अवस्थामा फेला परेकी छन् । छाउनीस्थित घरमा सर्जन डा.प्रतिभा धौभडेल मृत भेटिएकी हुन् । उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।३४

कलियुगमा के–के हुन्छ? संस्कृत श्लाेक सहित नेपाली अर्थमा जान्नुहाेस

५ हजार वर्ष पहिला नै  भागवत पुराणमा लेखिएको थियो– कलीयुगमा के हुन्छ ? संस्कृत श्लाेक सहित नेपाली अर्थ श्लोक १ ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया । कालेन बलिना राजन् नङ्‌क्ष्यत्यायुर्बलं स्मृतिः ॥ अर्थ- धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवनको अवधि, शारीरिक शक्ति तथा स्मृति सबै दिन प्रतिदिन घट्दै जानेछ

त्रिवि उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले उक्त प्रकरणमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । समितिबाट प्राप्त प्रतिवेदन

महिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

काठमाडौं । महिला, बालबालिका, ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र नेपाल लागि फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काको शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देश विचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षविच कुराकानी भएको छ । भेटमा मन्त्री

सम्पादकसँग के भने शेखर कोइरालाले?

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रम र अवस्थाका बारेमा राजधानी काठमाडौबाट प्रकाशित हुने प्रमुख साप्ताहिक पत्रिकाका सम्पादकहरुसँग अन्तरक्रिया गर्नुभएको छ। अन्तरक्रियामा- कबिर राणा, शम्भु श्रेष्ठ, गोपाल बुढाथोकी, निरोधराज पाण्डे, दामोदर दवाडी, ईश्वरी वाग्ले, राजेन्द्र उपचारक र बिश्वमणी सुवेदी सहभागी हुनुहुन्थ्यो। बिशालनगरस्थित कोइरालाको सम्पर्क कार्यलयमा

स्वीट्जरल्याण्ड गएको सभामुख घिमिरेको टोली फर्कियो

काठमाडौँ । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किएको छ । १ सय ४८औँ आईपीयूको महासभामा सहभागी हुन त्यहाँ गएको टोली आज बिहान ९ बजे काठमाडौँ आइपुगेको हो । टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी आईपीयूमा भएको कार्यक्रमबारे जानकारी गराएको

एसईईको नेपाली विषयको प्रश्न पत्र बजार र ह्वाटसअपमा छ्यापछ्याप्ती !

सिराहा । एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा

देवर–भाउजू पर्नेको जबर्जस्ती विवाह गराएर गाउँ निकाला !

सप्तरी । सुरुंगा नगरपालिका– ७ हरिपुरमा एक पुरुष र भाउजू नाता पर्ने महिलालाई जबर्जस्ती विवाह गरेर गाउँ निकाला गरिएको छ । उनीहरूलाई अनैतिक सम्बन्धको आरोप लगाएर पञ्चायती बसी गाउँ निकाला गरिएको हो । पञ्चायतीमा मुख्य भूमिका पूर्ववडाध्यक्ष धनिकलाल साहले गरेका थिए । उनले पञ्चायतीमै दुवैको विवाह गराएर गाउँ निकाला गर्ने निर्णय भएको जानकारी

प्राचीन धरोहरले पाएन न्यायः लायकु प्रवेशद्वारको काम रोक्न पुरातत्त्वको पाँचाै पत्र तर,काम निरन्तर !

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकास्थित ऐतिहासिक लायकु प्रवेशद्वारको प्राचीनता मेटिने गरी पुनर्निर्माण गर्न लागिएको भन्दै पुरातत्त्व विभागले तत्काल निर्माण कार्य रोक्न निर्देशन दिएको छ।नगरपालिकाको ८ र ९ वडाको सीमामा रहेको उक्त प्रवेशद्वार बनेपा नगरपालिकाले पुनर्निर्माण गर्दै छ। तर, नगरपालिकाले प्रवेशद्वारमा कंक्रिट प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐनविपरीत कार्य गरेको भन्दै विभागले

सम्वन्धित समाचारहरु