Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


भारतले दियो ५० स्कूलबस र ३४ एम्बुलेन्स

३१ असार, काठमाडौं ।  भारत सरकारले नेपाललाई ५० वटा स्कूल बस र ३४ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । आइतबार काठमाडौंस्थति भारतीय राजदूतावास आयोजित कार्यक्रममा ५० वटा स्कूल र ३४ वटा स्वास्थ्य संस्थालाई सवारीसाधन उपलब्ध गराइएको हो । यी सबै सवारीसाधन उपहारमा प्राप्त भएका हुन् । आइतबार नेपालका लागि भारतीय

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

३१,असार ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” लाई बैठकमा पेश गरेपछि सो पार्टीले विरोध जनाएको हो । रास्वपाका सांसदहरू आसनबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सो पार्टीका प्रमुख सचेतक

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

३१,असार ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेश गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक

त्रिभुवनअन्तर्राष्ट्रिय बिमानस्थलमा अबैध सुन र हिरा सहित नेपाली मुलका अष्ट्रेलियन नागरिक पक्राऊ

३१ असार, काठमाडौं ।   त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि‌+ ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मुलका अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्‍वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मलेसियन एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान

ललिता निवासकाण्डका आरोपितलाई थप ५ दिन हिरासत

३१ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात किर्तेगरेको उजुरीमाथि अनुसन्धानको लागि थुनामा राख्न अनुमति दिएको छ । गैरकानूनी रुपमाआफु हरु लाइ थुनामा राखिएको

साताको पहिलो दिन सुनचाँदीको मूल्यमा गिरावट

३१ असार, काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेर १ लाख १२ हजार २ सय रूपैयाँ कायम भएको छ । शुक्रबार १ लाख १२ हजार ५ सय रूपैयाँ थियो । तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६५० रूपैयाँमा कारोबार भइ रहंदा चाँदीको मूल्य

सरकारले सहकारी नियमन गर्न शक्तिशाली संस्था स्थापना गर्नुपर्छ : महामन्त्री शर्मा

३१ असार, काठमाडौं  ।  नेपाली कांग्रेसका महामन्त्री /सांसद विश्वप्रकाश शर्माले सहकारीकर्मीका माग पूरा गर्नु पर्ने बताए । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा थोरै सहकारीको कमजोरीले अन्य धेरै सहकारी आलोचित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । बैठकमा सांसद शर्माले भने, 'सहकारीकर्मीहरू आन्दोलनमा छन् । केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी

अध्यक्षको हेपाहा प्रविती बिरुद्ध १९ प्रधानाध्यापक ले बुझाए राजिनामा

३१ असार, हेटौडा ।गाउँपालिका अध्यक्षले मानसिक तनाव दिएको भन्दै मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न १९ विद्यालयका प्रधानाध्यापकहरुले सामूहिक रुपमा एकमुस्ट राजिनामा दिएका छन् । राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रधानाध्यापक छन् उनीहरुले गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानसिक दबाब दिएको बताएका छन्। अध्यक्ष कालाखेतीले शिक्षाको गुणस्तर सुधार्ने

 जी-२०बैठकमा सहभागी हुन अर्थमन्त्री महत भारत प्रस्थान

३१ असार, काठमाडौं ।  जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री प्रकाशशरण आइतबार भारत प्रस्थान  गरेका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबार वाट सुरु हुने बैठकमा सहभागी हुनका लागि अर्थमन्त्री महत भारत प्रस्थान गरेका हुन् । अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र

राष्ट्रपतिबाट ३ विधेयक प्रमाणीकरण

३१ असार, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदका दुवै सदनबाट पारित भई रास्ट्रपति निवास पुगेका आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचारहरु