३१ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसदका दुवै सदनबाट पारित भई रास्ट्रपति निवास पुगेका आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: ३१ असार २०८०, आईतवार