६ जेठ, पाल्पा । सवारी चालक अनुमतिपत्र नविकरण पाल्पाबाटै थालिएको छ । यसअघि सो कार्य बुटवल लगायतका स्थानबाट हुने गरेको थियो । सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै सवारी चालक अनुमतिपत्र नविकरणको व्यवस्था गरिएको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले जानकारी दिए । कार्यालयले यही जेठ ४ गतेदेखि सवारी चालक
६ जेठ, काठमाडाैँ । सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौँ महानगरपालिकाले शङ्खधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ । रोपिएका बिरुवा कपुर, धूपी र समीका छन् । अभियानको थालनी गर्दै यसअघि कोटेश्वर–जडीबुटी सडक खण्डमा एक सय २० कपुरका बिरुवा रोपिसकिएको छ । सहरी हरियालीका प्रवद्र्धनका लागि एक
६ जेठ, काठमाडाैँ । निजी उद्योगी तथा व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारको नीति तथा कार्यक्रममा आफुले दिएको सुझाव सम्बोधन गरिएकामा प्रसन्नता व्यक्त गरेको छ । महासङ्घले अहिलेको आर्थिक अवस्था, अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलताको सङ्कुचन, उच्च ब्याजदर, मूल्य वृद्धि, न्यून पूँजीगत खर्च, घट्दो राजस्व परिचालन तथा
६ जेठ, झापा । तीन वर्षदेखि मेचीनगर नगरपालिका कार्यालयले खानेपानीको बक्यौता महसुल नतिरेका कारण नगरपालिका कार्यालयको खानेपानीको धारा काटिएको छ । धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमा रहेको नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीलाई खानेपानीको असुविधा भएको नगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले बताए । उनले नगरपालिका प्रशासनलाई नसोधी खानेपानीका
६ जेठ, काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति बाहेकका चलचित्रलाई विश्वबजारमा प्रतिस्पर्धा
६ जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण तथा जनअपेक्षा पूरा गर्ने गरी वर्तमान सरकारले राम्रा कामको सुरुआत गरेको बताएकी छिन् । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको वार्षिक साधारण सभालाई आज यहाँ सम्बोधन गर्दै उनले सरकारले जनताका पक्षमा काम गर्ने पहलकदमी लिइरहेको
६ जेठ, तनहुँ । व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिक पर्यटकस्थल छाब्दी बाराही मन्दिरको जीर्णोद्धारको काम पुरातात्विक भक्तपुरे इँटाको प्रयोग गरी मन्दिर निर्माण र मन्दिरको छाना तामाको पाताले छाउन काम सुरु गरिएको छ । विसं २०७९ वैशाख १९ देखि सुरु गरी २०८० जेठ मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको
६ जेठ, चितवन । गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान ११ बजे गैँडाले आक्रमण गरेको हो
६ जेठ, एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुवै पक्षबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारीक सम्बन्ध प्रवर्द्धनबारे विचारविमर्श भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बताएका छन् । कोरियासँगको विशेष राजनीतिक साझेदारी र दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना
६ जेठ, एजेन्सी । अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ । रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगात अमेरिकी नागरिकलाई रुस प्रवेशमा निषेध गरेको केबल न्युज