Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

विज्ञान प्रदर्शनी : सैनिक आवासीय महाविद्यालय पोखरा प्रथम


२ असार ,गण्डकी । पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय विज्ञान महोत्सवमा सैनिक आवासीय महाविद्यालय पोखरा प्रथम भएको छ ।

हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सहआयोजनामा महोत्सवमा पोखराकै सिर्जना सेकेन्डरी स्कुल दोस्रो र गण्डकी बोर्डिङ स्कुल तेस्रो भएका छन् ।

जनज्योति माध्यमिक विद्यालय तनहुँ, नमूना आवासीय माध्यमिक विद्यालय पर्वत, शिशु निकेतन सेकेन्डरी स्कुल र कालिका माध्यमिक विद्यालय पोखराले सान्त्वना प्राप्त गरेका छन् । विजेतालाई पुरस्कार प्रदान गर्दै गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री सुशीला सिंखडाले विज्ञान महोत्सवले शैक्षिक गुणस्तरीयतामा प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका लागि महोत्सव नौलो भएको बताउँदै उनले निरन्तरताको आवश्यकतालाई औँल्याए । कार्यक्रममा राजकुमार ढकाललाई ‘उत्कृष्ट विज्ञान शिक्षक २०७९’ को रुपमा सम्मान तथा पुरस्कृत गरिएको थियो ।

विज्ञान शिक्षक समाज नेपाल र नेपाल बौद्धिक समुदायले गण्डकी बोर्डिङका विज्ञान शिक्षक राजकुमार ढकाललाई उक्त सम्मान प्रदान गरेको हो । स्याङ्जाका ढकाल विज्ञान शिक्षक समाज गण्डकी प्रदेश संयोजक समेत छन् ।

महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीले बनाएका ‘प्रोजेक्ट’को ५० प्रदर्शनी राखिएका थिए । तीमध्ये २६ विद्यालयका ४० प्रोजेक्ट र अन्य अप्रतियोगी रहेको आयोजकले जनाएको छ । पोखरामा पहिलोपल्ट आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरेका थिए ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?