Trending
>>   प्रधानमन्त्रीको मिसन र भिजनअनुसार काम गर्न कटिवद्ध छुः नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिना >>   नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण >>   नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाले पदभार, गरे तीन महत्वपूर्ण निर्णय >>   वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल >>   कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छः हर्क साम्पाङ्ग >>   नवनिर्वाचित मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ ग्रहण >>   प्रधानमन्त्री साहद्वारा पद तथा गोपनियताको शपथग्रहण >>   बालेनको नेतृत्वमा १५ सदस्यीय क्याबिनेट, पाँच महिला समावेश >>   बालेन क्याबिनेटको चित्र स्पष्ट: कुन मन्त्रालय कसलाई ? >>   बालेन शाह प्रधानमन्त्री बनेपछि डा. बाबुराम भट्टराईको शुभकामना
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

सोलारबाट सञ्चालन हुँदै लिफ्ट सिँचाइ


१ असार ,चितवन । भरतपुर महानगरपालिका–२४ मा सोलारबाट लिफ्ट सिँचाइ गरिने भएको छ । जिल्लामा पहिलो पटक सोलार ऊर्जाका माध्यमबाट लिफ्ट सिँचाइको काम गर्न लागिएको हो ।

धु्रबनगर बुच्के केरुङ्ग घोल लिफ्ट सिँचाइ आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष विपिन सिग्देलले जानकारी दिए । सञ्चालनका लागि परीक्षणको काम सुरु गर्न र सामान्य काम बाँकी रहेको उनले जानकारी दिए ।

नेपाल सरकारको सम्बृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रमअन्तर्गत यो आयोजना सञ्चालनमा ल्याइएको हो । कार्यक्रमका प्रमुख सिनियर डिभिजनल इन्जिनियर जीतबहादुर थापाका अनुसार विसं २०७८ साल असारमा निर्माणकार्य सम्झौता भई २०७९ साल असार मसान्तसम्म सम्पन्न हुनुपर्नेमा एक वर्ष समय थप गरी यही असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्न लागिएको हो ।

रु आठ करोड १५ लाखको लागतमा निर्माण सुरु गरिएको सो आयोजनाको काम काठमाडौँ जोशी जेभि काठमाडौँले ठेक्का साकार गरेको हो । यस आयोजनामा घोलको पानीलाई पाँच वटा इनारमा जम्मा गरेर दुईवटा ओभरहेड ट्याङ्कीमा लगिने छ । तीन सय बिगाहा क्षेत्रफल सिँचाइ हुनेगरी निर्माण गरिएको सो आयोजनाले दैनिक सात सय ५० घनमिटर पानी वितरण गर्न सक्ने छ ।

तीन वटा इनारबाट एउटा ट्याङ्कीमा र दुईवटा इनारबाट एउटा ट्याङ्कीमा पानी तानेर उपभोक्तालाई वितरण गरिने गरी आयोजना निर्माण गरिएको हो । पानी तान्नका लागि २६ किलोवाटका चारवटा मोटर र २२ किलोवाटको एउटा मोटर जडान गरिएको छ ।

यी मोटर सञ्चालनका लागि २६ वाटका पाँच सय १० वटा सोलार जडान गरिएको छ । इन्जिनियर थापाले भने, “कुनै समय सोलारमा समस्या देखिएमा लिफ्ट सञ्चालनका लागि विद्युतसमेतको प्रयोग गर्न सकिने गरी आयोजना निर्माण गरेका छौँ ।”

सोलारले बिहानदेखि बेलुकासम्म काम गर्ने भए पनि रातको समयमा काम गर्न विद्युतको प्रयोग गर्न सकिने उनले बताए । उनका अनुसार आयोजनामा अहिले लिफ्ट प्रविधिबाट परीक्षणको काम भइरहेको छ ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?