Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

पोखरामा अर्को साता नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’


१ असार ,कास्की । पोखरामा आगामी साता आयोजना हुने नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही असार ८ र ९ गते सो फेस्टिभल आयोजना गरिएको पोखरामा आज पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस प्रकारको फेस्टिभल दक्षिण एसियामै पहिलोपटक हुन लागेको आयोजकले जनाएको छ । कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए ।

कार्यक्रममा सहभागिताका लागि चीनको लिङ्जी नगरबाट उपप्रमुखको नेतृत्वमा ६० जनाको टोली चार्टर उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेछन् । फेस्टिभलको सहयोगी संस्थाका रुपमा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखरा छन् । बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच सझदारी हस्ताक्षर भएको थियो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले चीन सरकार र दुतावासको आयोजनामा फेस्टिभल हुनु पोखराका लागि शुभ समाचार रहेको बताए । उनले फेवातालमा हुने बोट रेसका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध अपनाइने बताए । चीनले यसप्रकारको बोट फेस्टिभल विभिन्न ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आएको नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सिनले बताए । उनले फेस्टिभलले नेपाल र चीनका जनताबीचको सम्बन्धलाई थप प्रगाढ बताउने विश्वास व्यक्त गरे ।

रेसका लागि चीनको केरुङ नाका हुँदै आठ वटा विशेष खालका डुङ्गा, अन्य आवश्यक सामग्री र वोट रेस प्रशिक्षक जेठ अन्तिम साता पोखरा ल्याइएका थिए । प्रतियोगितामा देशका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगीहरु सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ वटा बोटमार्फट रेस हुनेछ । विजेताले रु ३० लाख पुरस्कार पाउने आयोजकले जनाएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कार्यक्रममार्फत पोखरा र समग्र गण्डकी प्रदेशको प्रवद्र्धनमा सहयोग पुग्न बताए । उनले भने, “दक्षिण एशियामा पहिलो पटक आयोजना गरिएको बोट रेस फेस्टिभलले नेपालको विश्वभर प्रवद्र्धन हुनेछ । यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।” फेस्टिभलमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम पनि रहनेछ । सो अवसरमा पोखरा विमानस्थलमा पहिलो पटक हुने अन्तर्राष्ट्रिय उडानले पर्यटन क्षेत्र उत्साहित भएको अध्यक्ष श्रेष्ठले बताए ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?