Trending
>>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:…
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

समाचार


अब जिसस प्रमुख नै अस्पतालको अध्यक्ष

१७ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारले मातहतका अस्पतालको व्यवस्थापन समितिमा जिल्ला समन्वय समितिको प्रमुख नै अध्यक्ष हुने प्रावधान ल्याएको छ । यसअघि सरकारमा रहेका दल निकटका व्यक्ति समितिको पदाधिकारी र सदस्यमा नियुक्त हुँदै आएका थिए । समितिको संरचनागत सुधारका लागि प्रदेश सरकारले अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०८० हालै जारी गरेको

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पाैडेल, आजै स्वदेश फर्किने

१७ वैशाख, काठमाडाैँ । भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आज नेपाल फर्किने भएको छ । वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल आज दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट डिस्चार्जपछि स्वदेश फर्किन लागेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार उनि आइतबार राति नेपाल एयरलाइन्सको नियमित

पहिरोले अरूण नदी थुनिँदा २ किलोमिटर माथिसम्म बन्यो ताल

१७ वैशाख, सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो । अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र

महावीर पुनले उठाएका माग भोलीसम्म पुरा गर्ने सरकारको प्रतिबद्धता

१७ वैशाख, काठमाडाैँ । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आइतबार सिंहदरबारमा भएको वार्तापछि सोमबारसम्ममा माग पुरा गर्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको हो । सरकारको तर्फबाट उपप्रधान एवम् रक्षा र कानुनमन्त्री पूर्णबहादुर खड्का र मुख्यसचिव शंकरदास बैरागी वार्तामा सहभागी थिए । त्यसैगरी,

निराको हत्याका अभियुक्तलाई काठमाडाैँ ल्याइयो, आजै सार्वजनिक गर्ने तयारी

१७ वैशाख, काठमाडाैँ । निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको अभियोग लागेका व्यक्तिलाई काठमाडाैँ ल्याइएको छ। शनिबार साँझ झापाबाट पक्राउ परेका विनोद विश्वकर्मालाई काठमाडाैँ ल्याइएको हो । उनलाई आज नै सार्वजनिक गर्ने तयारी प्रहरीको छ । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा ७ वैशाखमा व्यवसायी पाण्डको हत्या भएको थियो। हत्या भएको ९ दिनपछि प्रहरीले

पहिरोले अरुण नदी थुनियो

१७ वैशाख, सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो । अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले

भारी हिमपात र वर्षाका कारण चारधाम हिँडेका तीर्थयात्री श्रीनगरमा रोकिए

१७ वैशाख, काठमाडाैँ । भारी हिमपात र भीषण वर्षाका कारण चारधाम यात्रामा निस्केका तीर्थयात्री श्रीनगरमा रोकिएका छन् । बद्रीनाथ र केदारनाथ धाममा भारी हिमपात भएको तथा समथर भूभागमा भीषण वर्षा भएकाले तीर्थयात्रीलाई श्रीनगरमा नै रोकिएको प्रहरीले जनाएको छ । आवासका लागि अनलाईन बुकिङ गरेका यात्रीलाई रुद्रप्रयागसम्म जाने अनुमति दिइएको तर बुकिङ

सूचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर

१७ वैशाख, काठमाडाैँ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध गराइएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यो अफर यही वैशाख १९ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु ४९ मा

कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट

१७ वैशाख, काठमाडाैँ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेट गरेका छन् । आइतबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उनीहरूबीच समसामयिक विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित

१७ वैशाख, काठमाडाैँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै

सम्वन्धित समाचारहरु