Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

समाचार


पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छ : महामन्त्री थापा

५ वैशाख ,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाएर जनतालाई परिणाम दिनुपर्ने बताएका  छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन सरकारलाई पाँच वर्ष टिकाएर जानसके जनतामा

थप उपचारका लागि रवि लामिछानेका सवारी चालकलाई काठमाडाैँ ल्याइयो

५ वैशाख, काठमाडाैँ। घरको छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको थप उपचार काठमाडाैँमा हुने भएको छ । चितवनको पुरानो मेडिकल कलेजमा पहिलो चरणको उपचार गरेर स्वास्थ्य अवस्था स्थिर भएपछि उनलाई काठमाडाैँ ल्याइएको हो । घरको छतबाट खसेर घाइते भएका शम्भु थापाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार

उपनिर्वाचनको प्रचारप्रसारमा हेलिकोप्टर प्रयोग नगर्न आयोगको निर्देशन

५ वैशाख, काठमाडाैँ । निर्वाचन आयोगले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा हेलिकोप्टर प्रयोग मितव्ययीताको सिद्वान्त प्रतिकूल हुने जनाएको छ । आयोगका उपन्यायाधिवक्ता एवम् सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले उपनिर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोग नगर्ने सम्बन्धी प्रेस विज्ञप्ति मङ्गलबार जारी गर्दै सो कुरा उल्लेख गर्नुभएको छ । २०८० वैशाख १० गते बारा, चितवन

प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट

५ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं एसिया तथा प्यासिफक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव अर्मिदा सलसिह अलिसझावनाले आज शिष्टाचार भेट गरेकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरुबीच नेपाल र एस्क्यापबीच साझेदारीका विभिन्न विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भूमिहीनलाई छिट्टै जग्गाधनी बनाउँछौः मन्त्री श्रेष्ठ

५ वैशाख, काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मुलुक बनाउने हो भने सहरभन्दा पहिले गाउँ बनाउनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले भूमिहीन नागरिकले जमिन पाउनुपर्ने र गाउँलाई सम्पन्न बनाउनैपर्ने बताएकी हुन् । काठमाडौँ उपत्यकाभित्रै बसोबास गर्ने हजाराैं नागरिक अझै पनि भूमिहीन

भक्तपुरमा सहकारीका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाइयो

५ वैशाख, भक्तपुर । भक्तपुरमा सहकारी संस्थाका प्रबन्ध निर्देशकलाई जुत्ताको माला लगाइएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरमा १२ बर्षदेखि संचालनमा रहेको रहेको कृषि विकास तथा ऋण सहकारी संस्थाले बचत फिर्ता नदिएको भन्दै संस्थाका प्रबन्ध निर्देशकलाई मंगलबार जुत्ताको माला लगाएका हुन् । उक्त कार्यमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको

हङकङको विजयी सुरुवात

५ वैशाख, काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गतको आज भएको खेलमा हङकङले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सिङ्गापुरले दिएको १७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । हङकङका लागि बाबर हायातले ९४ बलमा १०८ रनको शतकीय

कोरोना संक्रमणबाट एकै दिन २ जनाको मृत्यु

५ वैशाख, काठमाडाैँ । देशभर १७१ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट १७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ  । पछिल्लो २४ घण्टामा २२९२ जनाको नमुना परीक्षण गरिएकाेमा पिसिआर विधिबाट १०५ तथा एन्टिजेन विधिबाट ६६ जनामा संक्रमण पुष्टि भएको

मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह

५ वैशाख, काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न आयोगले सरकारसँग आग्रह गरेको हो । आयोगका प्रवक्ता डा

मलेसियामाथि नेपालको शानदार जित

५ वैशाख, काठमाडाैँ । घरेलु मैदानमा आजदेखि सुरु भएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले मलेसियामाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ मा रहेको नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले जितका लागि दिएको २३६ रनको चुनौती नेपालले ३६ दशमलव २

सम्वन्धित समाचारहरु