Trending
>>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

समाचार


राष्ट्रिय महत्त्वका अभिलेख तथा दस्तावेज संरक्षण गर्न सांसदको माग

१८ जेष्ठ ,काठमाडौँ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सांसदहरूले राष्ट्रिय महत्त्वका अभिलेख तथा दस्तावेज संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय महत्त्वका अभिलेख तथा दस्तावेज संरक्षणका सम्बन्धमा राष्ट्रिय अभिलेखालयका महानिर्देशकसँग आज आयोजित छलफल कार्यक्रममा सांसदहरूले महत्त्वका अभिलेखको सुरक्षा गर्नुपर्नेमा जोड दिएका हुन् । समिति सभापति मायाप्रसाद शर्माले

अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्नुपर्ने माग

१८ जेष्ठ ,काठमाडौँ । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनले सरकारले बजेट वक्तव्यमार्फत प्रस्तुत गरेको नेपाल अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्नुपर्ने माग गरेको छ । एशोसिएशनले यहाँ आज पत्रकार सम्मेलन गरी सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नं ३७४ मा उल्लिखित अतिरिक्त हुलाक खारेज गर्ने भन्ने निर्णय्रप्रति आपत्ति

संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्छ : नेम्वाङ

१८ जेष्ठ ,काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्ने बताएका छन् । रासस केन्द्रीय कार्यालयमा गणतन्त्र दिवसका अवसरमा आयोजित ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक फोटो प्रदर्शनी अवलोकनका क्रममा उनले नेपाललाई एकतामा बाध्ने नेपाली संस्कृति र सम्पदा नै भएको हुनाले त्यसको संरक्षण

दाङका धेरै स्थानीय तहमा स्थानीय पाठ्यक्रम

१८ जेष्ठ ,दाङ । दङ्गीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिकाले तयार गरेको आधारभूत तह कक्षा १ देखि ८ सम्मको स्थानीय विषयको पाठ्यक्रम ‘हाम्रो दङ्गीशरण’को मस्यौदाका बारेमा जानकारी दिन सरोकारवाला निकायसँग गरेको छलफल कार्यक्रममा सो जानकारी गराइएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले

३ वटा ठेक्का एकसाथ तोड्ने चेतावनीपछि ६ घण्टामै सम्पर्कमा आए ठेकेदार

१८ जेठ, तनहुँ । तनहुँको भानु नगरपालिकामा तीन वटा सडक कालोपत्रको ठेक्का पाएका ठेकेदार चेतावनीपछि सम्पर्कमा आएका छन्। सडकको ठेक्का तोड्ने चेतावनीपछि ठेकेदार नगरपालिकाको सम्पर्कमा आएका हुन् । नगरपालिकाले काश्यप निर्माण सेवालाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने चेतावनी दिएको थियो । उक्त चेतावनीको ६ घन्टाभित्रै निर्माण कम्पनीका सञ्चालक माधव घिमिरे नगरपालिकाको

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच भेट

१८ जेठ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा उनिहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उनिहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री

कांग्रेस पुनः निर्माणका लागि गुटको अन्त्य हुनुपर्छ : गगन थापा

१८ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्ने बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक सङ्घले आज यहाँ आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा उनले पार्टी रूपान्तरणका लागि गुटहरू भत्काउनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

१८ जेठ, नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो । आजै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र

प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज

१८ जेठ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिएका छन् । प्रधानमन्त्रीस्तरीय भेटवार्ता तथा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन लगत्तै भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसको केदार हलमा दिवाभोजको आयोजना गरेका हुन् । भोजमा नेपाली प्रतिनिधिमण्डलका मन्त्रीगण, उच्च सरकारी अधिकारी

महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन बालेनले गरे सम्झाैता

१८ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौँ महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौता अनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई छत्रपाटी चिकित्सालयले सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सहमति भएको महानगर प्रमुख बालेन

सम्वन्धित समाचारहरु