Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्नुपर्ने माग


१८ जेष्ठ ,काठमाडौँ । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनले सरकारले बजेट वक्तव्यमार्फत प्रस्तुत गरेको नेपाल अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्नुपर्ने माग गरेको छ ।

एशोसिएशनले यहाँ आज पत्रकार सम्मेलन गरी सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नं ३७४ मा उल्लिखित अतिरिक्त हुलाक खारेज गर्ने भन्ने निर्णय्रप्रति आपत्ति जनाउँदै निर्णय बदर गर्न अनुरोध गरेको हो ।

“सकाम छँदा भाँडो र काम नहुँदा ठाँडो भने जस्तो प्रवृत्ति सरकारले देखाएको छ, यसप्रति सम्पूर्ण कार्यरत कर्मचारीको तर्फबाट एशोसिएशन खेद प्रकट गर्दछ, समयसापेक्ष अतिरिक्त हुलाकको स्तरोन्नति र आधुनिक व्यवस्थापन गर्नुको सट्टा खारेजीको निर्णयले संस्थामा आबद्ध कर्मचारीलाई थप आन्दोलित बनाएको छ”, विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?