Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

दाङका धेरै स्थानीय तहमा स्थानीय पाठ्यक्रम


१८ जेष्ठ ,दाङ । दङ्गीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिकाले तयार गरेको आधारभूत तह कक्षा १ देखि ८ सम्मको स्थानीय विषयको पाठ्यक्रम ‘हाम्रो दङ्गीशरण’को मस्यौदाका बारेमा जानकारी दिन सरोकारवाला निकायसँग गरेको छलफल कार्यक्रममा सो जानकारी गराइएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले तयार पारिएको मस्यौदालाई सरोकारवालासँग थप सल्लाह, सुझाव माग गर्न अन्तरक्रिया आयोजना गरिएको बताए । उनले स्थानीय पाठ्यक्रम निर्माणपछि यहाँको सांस्कृतिक, धार्मिक र सामाजिक पक्षको उजागर हुने र यहाँको पहिचान स्थापित हुने अपेक्षा गरिएको बताए ।

छलफलका क्रममा पालिकाका पहिचान बोकेका स्थल तथा सांस्कृतिक सम्पदाहरूको विषयवस्तु थप गर्नु पर्नेलगायतका सुझावहरू आएको पालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले जानकारी दिए । कार्यकममा वडा नं ६ का वडाध्यक्ष रोशनजङ्ग शाहले स्थानीय पाठ्यक्रम लागु भएसँगै यहाँको रहनसहन र यहाँ बसोबास गर्ने जातजातिको बारेमा एकअर्कालाई ज्ञान मल्निे बताए ।

यसैबीच जिल्लाका छ स्थानीय तहले आफनै पाठ्यक्रम निर्माण गरेर लागु गरेका छन् । विद्यालय तहबाटै विद्यार्थीलाई स्थानीयस्तरको विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले पालिकाहरूले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका हुन् । स्थानीय पाठ्यक्रम निर्माण गरेर तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, शान्तिनगर गाउँपालिका र बंगलाचुली गाउँपालिकाका विद्यालयहरूले कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई पढाउँदै आएका छन् ।

जिल्लामा सबैभन्दा पहिले तुलसीपुर उपमहानगरपालिकाले २०७८ मा ‘हाम्रो तुलसीपुर’ स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गरेको थियो भने अन्य पालिकाहरूले गत वर्षदेखि लागु गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले स्थानीय पाठ्यक्रमको उद्देश्य बालबालिकालाई स्थानीय धर्म, भाषा, संस्कृति, रीतिरिवाज, जातजातिसँगै भूगोल, सम्पदा, पर्यटन, सीप तथा रोजगारको विषयमा जानकारी गराउनु रहेको बताए ।

राजपुर गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रम लागु गरिसकेको छ । स्थानीय पाठ्यक्रमलाई प्रभावकारी बनाउनका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु गरेको सो गाउँपालिकाले जनाएको छ । लमही नगरपालिका, गढवा र बबई गाउँपालिकाले भने स्थानीय पाठ्यक्रम निर्माण गरिरहेको बताएका छन् ।

गढवा गाउँपालिकाले पनि स्थानीय भूगोल, सम्पदा, धर्म, संस्कृतिलगायतका समग्र अवस्थालाई समेटेर पाठ्यक्रम निर्माणको अन्तिम चरणमा रहे पनि पाठ्यक्रमलाई पूर्णता दिन नसक्दा विद्यालयमा पठनपाठन गराउन नसकिएको जनाएको छ ।

गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्यामबहादुर विकले स्थानीय विषयवस्तुका बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले जिल्लाका अधिकांश विद्यालयले पठनपाठन गराउँदै आएको जानकारी दिए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?