Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्छ : नेम्वाङ


१८ जेष्ठ ,काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्ने बताएका छन् ।

रासस केन्द्रीय कार्यालयमा गणतन्त्र दिवसका अवसरमा आयोजित ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक फोटो प्रदर्शनी अवलोकनका क्रममा उनले नेपाललाई एकतामा बाध्ने नेपाली संस्कृति र सम्पदा नै भएको हुनाले त्यसको संरक्षण राज्यले गर्नुपर्ने बताए ।

“राष्ट्रिय समाचार समितिद्वारा गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजि फोटो प्रदर्शनी र यसले गरिरहेका काम कारबाहीको अवलोकन गर्ने अवसर मिल्यो”, उनले भने, “गणतन्त्रपछि नेपालमा भएका सबै जाति, भाषा, संस्कृतिको झल्को दिने फोटो प्रदर्शनीले निरन्तरता पाओस् ।”

उनले राससको कामलाई प्रविधिमैत्री बनाउँदै लगिएको आफूले पाएको उल्लेख गर्दै भने, “रासस सूचना प्रविधिमा धेरै अघि बढेछ, मलाई खुसी लाग्यो, मलाई पहिलाको बुलेटिनको याद थियो तर अहिले सूचना प्रविधिको राम्रो प्रयोग गरिरहेको रहेछ ।”

समावेशी र समानुपातिक संविधान जनताले जनताकै लागि बनाएकाले त्यसको अक्षरश कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो । फोटो प्रदर्शनीका साथै उनले राससबाट सेवा प्रवाह हुने विषयमा समेत चासोपूर्वक अवलोकन गरेका थिए ।उनका साथमा संविधानसभा सदस्य कृष्णभक्त पोखरेलले पनि थिए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?