Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्छ : नेम्वाङ


१८ जेष्ठ ,काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संस्कृति र सम्पदाको संरक्षण गर्ने जिम्मा राज्यले लिनुपर्ने बताएका छन् ।

रासस केन्द्रीय कार्यालयमा गणतन्त्र दिवसका अवसरमा आयोजित ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक फोटो प्रदर्शनी अवलोकनका क्रममा उनले नेपाललाई एकतामा बाध्ने नेपाली संस्कृति र सम्पदा नै भएको हुनाले त्यसको संरक्षण राज्यले गर्नुपर्ने बताए ।

“राष्ट्रिय समाचार समितिद्वारा गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजि फोटो प्रदर्शनी र यसले गरिरहेका काम कारबाहीको अवलोकन गर्ने अवसर मिल्यो”, उनले भने, “गणतन्त्रपछि नेपालमा भएका सबै जाति, भाषा, संस्कृतिको झल्को दिने फोटो प्रदर्शनीले निरन्तरता पाओस् ।”

उनले राससको कामलाई प्रविधिमैत्री बनाउँदै लगिएको आफूले पाएको उल्लेख गर्दै भने, “रासस सूचना प्रविधिमा धेरै अघि बढेछ, मलाई खुसी लाग्यो, मलाई पहिलाको बुलेटिनको याद थियो तर अहिले सूचना प्रविधिको राम्रो प्रयोग गरिरहेको रहेछ ।”

समावेशी र समानुपातिक संविधान जनताले जनताकै लागि बनाएकाले त्यसको अक्षरश कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो । फोटो प्रदर्शनीका साथै उनले राससबाट सेवा प्रवाह हुने विषयमा समेत चासोपूर्वक अवलोकन गरेका थिए ।उनका साथमा संविधानसभा सदस्य कृष्णभक्त पोखरेलले पनि थिए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?