Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

समाचार


राजतन्त्रको निशानी रत्नमन्दिर गणतन्त्र दिवसमा सर्वसाधारणका लागि खुला

१५ जेठ, पोखरा । देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराउनुपर्थ्यो । सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको गाली खाएपछि अर्को किनाराबाट हिँड्न बाध्य थिए । त्यही रत्नमन्दिर भित्र आज भने हुलकाहुल पोखरेली भित्रै पसेर फोटो

आरोहीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

१५ जेठ, काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आरोहीको जीवनको सुरक्षा, हिमालको स्वच्छता र सरसफाइका लागि आवश्यक व्यवस्था गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् । सोह्रोँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका सन्दर्भमा आज शुभकामना सन्देश दिँदै उनले पर्वतारोहणमा प्रविधिको बढ्दो उपयोगका कारण सगरमाथा आरोहण सुरुआती साहसिक पर्यटनका तुलनामा लोकप्रिय हुँदै गएको र विश्वभरिबाट

लक्षित वर्गको उपचारमा शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने महानगरको तयारी

१५ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ । पहिलो चरणमा शय्या नछुट्याउने अस्पताललाई कारबाही स्वरुप केन्द्र तथा प्रदेश मातहत अस्पतालको नाम सार्वजनिक गर्ने तयारी रहेको र नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेलाई थप कारबाहीका लागि सङ्घ तथा प्रदेश

कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

१५ जेठ, काठमाडाैँ । कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जनाएको छ । आइतबार दिउँसो कलङ्की चोकमा

मल ल्याउन नसकेको कम्पनीसँग सरकारले गर्यो खरिद सम्झाैता रद्द

१५ जेठ, काठमाडाैँ । सरकारले सम्झौता अनुसार मल ल्याउन नसकेको कम्पनीसँग सम्झौता रद्द गरेको छ । सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले चीनबाट पाँच हजार मेट्रिक टन मल ल्याइसकेको छ तर ढिलो गरी मल ल्याएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडले ती कम्पनीहरूसँग गरेको सम्झौता रद्द गरेको छ । कृषि

सगरमाथा दिवसको अवसरमा पदयात्रा

१५ जेठ, काठमाडाैँ । १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा पदयात्रा गरिएको छ । पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी तहका विभिन्न सङ्घ संस्थाको आयोजनामा आज राजधानीको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेलदेखि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपसम्म पदयात्रा गरिएको हो । पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन  राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, मन्त्रालयका सचिव सुरेश अधिकारी,

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पुनः निर्वाचित भएकोमा एर्दोगानलाई बधाइ

१५ जेठ, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ दिएका छन् । बाइडेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सहयोगीका रूपमा सँगै काम जारी राख्ने आशा समेत व्यक्त गरेका छन् । बाइडेनले ट्वीटमा लेखेका छन् , "टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई

गणतन्त्रको विकल्प गणतन्त्र नै हो: मुख्यमन्त्री यादव

१५ जेठ, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुलुकमा गणतन्त्र आएको डेढ दशकमा थुप्रै चुनौती बढे पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हुने बताएका छन् । सोह्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले देश परम्परा शासन व्यवस्थाभन्दा धेरै अगाडि बढिसकेकाले लोकहित र जनताका अपेक्षाका कसीमा खरो उत्रन आफूहरु

लोकतन्त्रको विकल्प छैन: माधव नेपाल

१५ जेठ, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा उनले आज एक विज्ञप्ति जारी गर्दै जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा समृद्धि कायम गर्न सकिने लोकतन्त्रको विकल्प नरहेको

गणतन्त्र दिवस : तनहुँ कारागारबाट चार कैदीबन्दी रिहा

१५ जेठ, तनहुँ । गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट चार कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०८० का अवसरमा कैद मिनाहा गरिएको हो । कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका इन्द्रजित सार्की,

सम्वन्धित समाचारहरु