Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सगरमाथा दिवसको अवसरमा पदयात्रा


१५ जेठ, काठमाडाैँ । १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा पदयात्रा गरिएको छ । पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी तहका विभिन्न सङ्घ संस्थाको आयोजनामा आज राजधानीको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेलदेखि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपसम्म पदयात्रा गरिएको हो ।

पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन  राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीलगायतको सहभागिता रहेको थियो । सो पदयात्रामा नेपाल पर्वतारोहण सङ्घ (एनएमए), ट्रेकिङ एजेन्सी एशोसियशन अफ नेपाल (टान), होटल एशोसियशन अफ नेपाल (हान), नेपाल एशोसियश टुर्स एण्ड ट्राभल एजेन्टस् (नाट्टा), ठमेल पर्यटन विकास परिषद्लगायत सङ्घ संस्थाका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थिति रहेको थियो ।

विश्वको सर्वोच्च हिमशिखर सगरमाथाको पहिलो पटक सफल आरोहण गरेको अवसरमा नेपालमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाईँदै आइएको छ । सगरमाथाको चुचुरोमा पाइला राखेको आज ७० वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिखमा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिलैण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा मानव पाइला राखेका थिए ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?