Trending
>>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

गणतन्त्र दिवस : तनहुँ कारागारबाट चार कैदीबन्दी रिहा


१५ जेठ, तनहुँ । गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट चार कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०८० का अवसरमा कैद मिनाहा गरिएको हो ।

कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका इन्द्रजित सार्की, राजन अच्छामी, सवारी ज्यान मुद्दामा आषिश आले र कर्तव्य ज्यान मुद्दाका सुन्दर परियार रहेको जानकारी दिए ।

सबैभन्दा धेरै सवारी ज्यान मुद्दाका आलेले तीन वर्ष कैद भुक्तानी गरेसकेका छन् भने एक वर्ष चार महिना २३ दिन छुट पाएको अधिकारीले बताए ।

त्यसपछि धेरै छुट पाउनेमा बहुविवाहका सार्कीले पाँच महिना २० दिन पाउनु भएको कारागारले जनाएको छ । उनीहरूको बानी व्यवहार, अनुसार चालचलन, रहनसहन सबै राम्रो भएमा कारागारका जेलर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाहा हुने व्यवस्था अनुसार उनीहरूको कैद मिनाहा गरिएको हो ।

लागूऔषध, भ्रष्टाचार, मानव तस्कर, सर्वस्वसहित जन्मकैद र चेलीबेटी बेचबिखन लगायत १९ प्रकारका गम्भीर मुद्दा हो । यी मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरे पनि आम माफी पाउँदैनन् । रिहाइ हुने कैदीहरुलाई स्वागत गरी घरमा लैजान कारागार परिसरमा आफन्त आएका थिए । कैदीको अवधि बाँकी छँदै रिहा भएका कैदीहरु निकै खुशी देखिन्थे । पुराना तीता अनुभवहरु सबै बिर्सेर नयाँ जीवन बिताउने योजनामा रहेको रिहा भएकाहरुको भनाइ थियो ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?