Trending
>>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


भुटानी शरणार्थी प्रकरणमा नाम आएका घरको होस् कि बार्दलीको होस् सबैमाथि छानबिन हुनुपर्छ: गगन थापा

१० जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम आएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद थापाले भ्रष्टाचारको अन्त्य र देशमा सुशासनको निम्ति पनि

पीडित पक्ष र अस्पतालबीच तीन बुँदे सहमति

१० जेठ, सिन्धुली । गर्भवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको सिन्धुली अस्पतालको सेवा सञ्चालन गर्न पीडित पक्ष र अस्पतालबीच तीन बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा घटनाको सत्य तथ्य छानबिन गर्न चार सदस्यीय छानबिन समिति तत्काल गठन गर्ने सहमति भएको छ । समितिमा बागमती प्रदेश मन्त्रालयबाट तोकिएका चिकित्सक दुई

सुँड काटिएको सौराहाको हात्तीले आफैँ दाना खान थाल्यो

१० जेठ, चितवन । पर्यटकीय नगरी सौराहामा पालिएको हात्ती चञ्चलकलीले आफ्नो दाना आफैँ खान सुरु गरेको छ । गत चैत २१ गते राति अज्ञात समूहको आक्रमणबाट सुँड काटिएको सो हात्तीलाई ५० दिनदेखि माउतेले दाना खुवाउँदै आएका थिए । सुँड काटिएको एक महिनापछि पानी आफैँ खान सुरु गरेको ४५ वर्षीया पोथी

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको अध्यक्षमा भुसाल निर्वाचित

१० जेठ, काठमाडाैँ । नेपाली कांग्रेस निकट श्रमिकहरुको साझा संस्था नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित भएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको सातौँ अधिवेशनको आज बिहान सम्पन्न मतगणनामा भुसालले चार सय २१ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत सुशीलराज पौडेलले जानकारी दिए । उनका

मनाङमा वैशाखमा मात्रै ३ हजार २ सय पर्यटकले गरे भ्रमण

१० जेठ, मनाङ । हिमाली जिल्ला मनाङमा नयाँ वर्ष २०८० को पहिलो महिनामा सबैभन्दा बढी इजरायलका पर्यटकले भ्रमण गरेका छन् । जोखिमयुक्त पदमार्गमध्ये विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गमा इजरायली पर्यटकले भ्रमण गरेका हुन् । नेपाल आउने पर्यटकमध्ये अधिकांश पर्यटक यहाँ पुग्ने गरेका छन् । जिल्लामा वर्षको पहिलो महिनामा सबैभन्दा

मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री प्रचण्ड

१० जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशलाई केन्द्रमा राखेर नै आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतको प्रतिमण्डलसँगको भेटमा उनले ती प्रदेशको समग्र विकासमा आगामी आवको

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या

१० जेठ, एजेन्सी । मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मङ्गलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको थियो । उनले दशकौंसम्म विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ

‘नक्कली भुटानी शरणार्थी’ प्रकरण :  ‘संसदीय समिति’ गठन गर्न  माग

१० जेठ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणबारे छानबिन गर्न ‘संसदीय विशेष छानबिन समिति’ गठन गर्न माग गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको सुरुमै समय माग गरी उहाँले अहिले भइरहेको छानबिनले  जनताले चाहे जस्तो नतिजा दिन सक्दैन भने ।  “नक्कली

द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न राष्ट्रसङ्घ प्रमुखको आग्रह

१० जेठ, एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षासम्बन्धी बहसमा भने, “लामो समयदेखि सशस्त्र द्वन्द्वको घातक असर आम नागरिकले भोग्दै आएका छन् । अब हामीले उनीहरूको रक्षा गर्ने आफ्नो

शुक्लाफाँटामा फेला पर्यो नयाँ प्रजातीको चरा

१० जेठ, कञ्चनपुर । नेपालका लागि नयाँ प्रजातिको चरा सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा थपिएको छ । लानिडी पंछी परिवारअन्तर्गतको नयाँ प्रजातिको भद्राई चरा थपिएको हो । यो चराको अङ्ग्रेजी नाम ‘लेसर ग्रे स्राइक’ रहेको छ । निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) शुक्लाफाँटा संरक्षण कार्यक्रमले सञ्चालन गरेको

सम्वन्धित समाचारहरु