Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको अध्यक्षमा भुसाल निर्वाचित


१० जेठ, काठमाडाैँ । नेपाली कांग्रेस निकट श्रमिकहरुको साझा संस्था नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित भएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको सातौँ अधिवेशनको आज बिहान सम्पन्न मतगणनामा भुसालले चार सय २१ मत ल्याई विजयी भएको प्रमुख निर्वाचन अधिकृत सुशीलराज पौडेलले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी धर्मसागर ढकालले तीन सय ५२ मत प्राप्त गरेका छन् । भुसाल दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै, उपाध्यक्षमा देवेन्द्रप्रसाद कोइराला, महिला उपाध्यक्षमा शारदालक्ष्मी श्रेष्ठ, जिल्ला उपाध्यक्ष (सेवा क्षेत्र)मा मीनप्रसाद पोखरेल, उपाध्यक्ष (उत्पादन क्षेत्र) सजना नेपाल, उपाध्यक्ष (अनौपचारिक तथा स्वरोजगार) यादवप्रसाद पौडेल र सचिवमा प्रकाश मगर विजयी भएका छन् ।

यसैगरी, दुई सहसचिवमा रणधिरकुमार यादव र विष्णुहरि अर्याल, कोषाध्यक्षमा वासुदेव भण्डारी तथा सहकोषाध्यक्षमा यन्जुदेवी दाहाल विजयी भएका छन् । सदस्यमा भने दीपक थापा, पूर्णमान डङ्गोल, मनिषा पोखरेल, सृजना अर्याल, सीताराम भण्डारी र वीरजित रोकाया विजयी भएका हुन् ।

महिला सदस्यमा रोशनी खड्का र सुमिका पाख्रिन विजयी हुनुभएको निर्वाचन अधिकृत पौडेलले बताए । निर्वाचनका लागि मङ्गलबार दिउँसो ३ देखि साँझ ७ बजेसम्म मतदान भएको थियो ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?