Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या


१० जेठ, एजेन्सी । मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मङ्गलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।

मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको थियो । उनले दशकौंसम्म विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए ।

अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को मेक्सिकन शाखाले सरकारी कर्मचारीको रूपमा काम गर्ने रामिरेजले संदिग्ध अपराधीहरूलाई पक्राउ गर्न योगदान पुर्याएको बताए । उनले भने, “आरएसएफले छिटो र पारदर्शी अनुसन्धानको माग गर्दछ ।”

गैरसरकारी सञ्चार अधिकार समूहले ‘हत्या नगरपालिका अधिकारीको रूपमा उहाँको कामसँग सम्बन्धित थियो वा उहाँको पत्रकारिताको अभ्याससँग सम्बन्धित थियो छानबीन गर्न’ उभियुक्तलाई कानुनी कारबाहीको दायरामा तत्काल ल्याउन आग्रह गरेको छ ।

सन् २००० यता मेक्सिकोमा १५० भन्दा बढी पत्रकारको हत्या भइसकेको छ । अधिकांश हत्याका घटनामा सजाय दिइएको छैन ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?