Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

पीडित पक्ष र अस्पतालबीच तीन बुँदे सहमति


१० जेठ, सिन्धुली । गर्भवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको सिन्धुली अस्पतालको सेवा सञ्चालन गर्न पीडित पक्ष र अस्पतालबीच तीन बुँदे सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा घटनाको सत्य तथ्य छानबिन गर्न चार सदस्यीय छानबिन समिति तत्काल गठन गर्ने सहमति भएको छ ।

समितिमा बागमती प्रदेश मन्त्रालयबाट तोकिएका चिकित्सक दुई जना, जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको प्रतिनिधि एक र पीडित पक्षबाट आमन्त्रित एक जनाको समिति बन्ने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

जिल्ला अस्पतालले आन्तरिक सुधार तथा सम्बद्ध स्वास्थ्यकर्मीको व्यवहारगत पक्ष सुधार गर्ने, अस्पताल प्रशासनले अस्पतालको सेवा सञ्चालन गर्ने र पीडित पक्षले शव बुझी अन्त्येष्टि गर्ने सहमति भएको उनले बताइन् ।

पीडितको पक्षबाट मृतकको जेठाजु सोमबहादुर श्रेष्ठ र काका तुलबहादुर गुरुङले हस्ताक्षर गरेका छन्, भने अस्पतालका तर्फबाट अस्पताल विकास समिति अध्यक्ष सतिश ढकाल र निमित्त मेडिकल सुपरिटेन्डेन्ट उमेश प्रधानले हस्ताक्षर गरेका छन् ।

समितिका अध्यक्ष ढकालले आज अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न नसकिने बताए । ओपिडी कक्षमा तोडफोड भएकाले सरसफाइ र मर्मत गर्नुपर्ने भएकाले उनले आकस्मिक सेवा मात्रै सञ्चालन गरिने बताए ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोख्रेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक राजकुमार सिलवाल, पूर्व बागमती प्रदेश स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, पूर्वबागमति प्रदेशसभा सदस्य विनोद खड्का, कमलामाई नगरपालिका–७ का वडा अध्यक्ष कर्ण घिसिङको रोहवरमा उक्त सहमति भएको हो । सहमतिपछि बिपी राजमार्गमा पीडित पक्षले गर्दै आएको अवरोध खुलेको छ ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोख्रेलले पीडित पक्षलाई राहतस्वरुप कमलामाई नगरपालिकाको तर्फबाट ५० हजार उपलब्ध गराउने बताए । ‘मृतकको छोरी अपाङ्गता रहेकाले बालिकाको पठनपाठनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्नेछ’, उनले भने ।

मङ्गलवार बिहान प्रसूतिका लागि अस्पताल गएकी कमलामाई नगरपालिका– ५ सिलामेकी अन्दाजी २५ वर्षीया गङ्गा गुरुङ श्रेष्ठको मृत्यु भएपछि आक्रोशित समूहले सिन्धुली अस्पताल तोडफोड गरेका थिए ।

उनको त्यहाँ उपचार हुन नसकेपछि अस्पतालले दिउँसो ३ बजे रिफर गरेको थियो । गर्भवतीलाई उपचारका लागि परिवारले बर्दिबासस्थित साई मल्टी स्पेशियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर लगेका थिए । अस्पताल पुगे लगत्तै गङ्गालाई अस्पतालले मृत घोषणा गरेको थियो ।

मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण गर्भवतीको मृत्यु भएको भन्दै कारबाहीको माग गर्दै आफन्त र परिवारले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको इमर्जेन्सी कक्ष, ओपिडी कक्षा, बिरामी बस्ने वार्ड, औषधि पसल र आँखा अस्पतालमा क्षति पुर्‍याएका थिए ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?