Trending
>>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सुदृढ र राजनीतिक प्रभावबाट मुक्त बनाउनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संवैधानिक निकायहरूको निष्पक्षता र कार्यशैलीमाथि प्रश्न उठाउँदै व्यापक सुधारको आवश्यकता रहेको बताएका हुन् । सांसद सिंहले नेपालमा

नयाँ सरकारले गर्छ भन्ने आशा छः अख्तियार प्रमुख राई

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भूमिसम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुङ्ग्याउन सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् । प्रमुख आयुक्त राईकाअनुसार तथ्य र प्रमाणको अभावमा भूमिसम्बन्धी धेरै

कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी

काठमाडौं। नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नीतिगत निर्णयको स्पष्ट परिभाषा गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप निष्पक्ष र शक्तिशाली बनाउनुपर्नेमा जोड दिएका छन् । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद केसीले राजनीतिक हस्तक्षेप र स्पष्ट कानूनी व्यवस्थाको अभावमा भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बनेको बताएका हुन् ।

अख्तियारको कार्यशैली र प्रमुख आयुक्तको नैतिकतामाथि सांसद न्यौपानेको प्रश्नः ‘चयनमुखी अभियोजनले न्यायको उपहास भयो’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैली र प्रमुख आयुक्तको नैतिकतामाथि गम्भीर प्रश्न उठाएका छन् । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद न्यौपानेले आयोगको वार्षिक प्रतिवेदन, अनुसन्धानको सुस्तता र ठूला भ्रष्टाचार प्रकरणमा देखिएको ‘चयनमुखी’ अभियोजनका विषयमा

चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन

काठमाडौं। काठमाडौं महानगरपालिकाले चमती जग्गा एकीकरण आयोजना र प्रदेश सरकारको मापदण्डका कारण सिर्जित समस्या समाधानका लागि विशेष समिति गठन गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कार्यपालिकाको बैठकमा बोल्दै यसबारे जानकारी गराएकी हुन् । डङ्गोलले पीडित महानगरवासीका गुनासा सम्बोधन गर्न र आयोजनाका कानूनी जटिलता सुल्झाउन यो कदम चालिएको बताइन्

मन्त्री फेरबदलको तयारी छैनः रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् । बुधवार सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले मन्त्रीहरुको कार्यक्षमतालाई लिएर केही प्रश्न उठेका भएपनि अहिले नै मन्त्री फेरबदल गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् । उनले सरकारलाई प्रश्न

संसदको मर्यादा कायम गर्ने जिम्मेवारी रास्वपाको हो, संसदमा मर्यादित ढङ्गले प्रश्तुत हुनुपर्छः सभापति लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदको मर्यादा कायम गर्ने जिम्मेवारी रास्वपाको भएकोले सांसदहरुले मर्यादा कायम राख्नुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सांसदहरु मर्यादित हुनुपर्ने बताएका छन् । उनले ठूलो राजनीतिक दलमा धेरै सांसद हुँदा बोल्ने क्रममा एक–दुई जनाबाट विवादित अभिव्यक्ति आउन सक्ने

प्रधानमन्त्री साह र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता सम्पन्न

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साह र मन्त्रीहरूबीच चालु आर्थिक वर्षका मुख्य कार्य र उपलब्धि सुनिश्चित गर्न कार्यसम्पादन सम्झौता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक समारोहका बीच प्रधानमन्त्री र मन्त्रीहरूले सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरी प्रति आदानप्रदान गरेका हुन् । प्रधानमन्त्री साहसँग

लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिएकी छिन् । मङ्गलवार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि धर्नामा रहेका वित्तीय पीडितहरूलाई भेट्न पुगेकी भण्डारीले आन्दोलनरत महिलाहरूको स्वास्थ्य स्थितिप्रति चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले पीडितका मागहरूका बारेमा

निर्धारित समयमै महाधिवेशन सम्पन्न हुन्छः सभापति थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान, संविधान र अदालतको आदेशानुसार तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । मंगलवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समयको चापलाई मध्यनजर गर्दै कार्यतालिकाअनुसार अघि बढ्न निर्देशन दिएका छन् । सभापति थापाले पार्टी अहिले संवैधानिक व्यवस्था,

सम्वन्धित समाचारहरु