Trending
>>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो

२९,असार ,काठमाडौँ । अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको हिजो मृत्यु भएको हो । एमआरआइ गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गरेका छन् । सामान्य

राष्ट्रपतिद्वारा प्रधानमन्त्री परिवारमा समवेदना सन्देश प्रकट

२९,असार ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समावेदना दिनुभएको छ । राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारीहरू तथा राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री

म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ

२९,असार ,काठमाडौँ । थाइल्याण्ड लैजाने भनी झुक्याई जबर्जस्ती म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जुलाई प्रहरीले पक्राउ गरेको छ । चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौँ महानगरपालिका–१५ बिजेश्वरीमा अस्थायीरूपमा बस्ने उनलाई दक्षिण पूर्वी एसियाका लाओस, थाइल्याण्ड, म्यान्मारलगायतका देशमा रोजगारीको प्रलोभन

‘लार्भा खोज र नष्ट गर’ अभियानमा जुट्यो महानगर

२९,असार ,काठमाडौँ । डेङ्गु रोग नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ । नियमितरूपमा पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै कामपाले लार्भा खोज र नष्ट गर अभियान यसै सातादेखि सञ्चालन गर्न लागेको जनाएको छ । विगतका वर्षमा जस्तै यस

बाजेको कुटाइबाट नातीको मृत्यु

२९,असार ,बैतडी । बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाती रेशम साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

आत्महत्या जस्तो संवेदनशील विषयसँग नजोड्न मन्त्रालयको आग्रह

२९,असार ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतद्वारा अभिव्यक्त कुरालाई आत्महत्यासँग जोडेर समाचार सम्प्रेषण नगर्न/नगराउन अनुरोध गरेको छ । मन्त्रालयका सूचना अधिकारी डा पवनकुमार साहले हिजो विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतको अभिव्यक्तिलाई सञ्चारमाध्यममा तोडमोड गरी प्रकाशित नगर्न अनुरोध गरेका हुन् । आत्महत्या जस्ता विषयसँग जोडेर मन्त्री बस्नेतको नाम

स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार

२९,असार ,रामपुर (पाल्पा) । रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई रु एक लाख नगदसहित पुरस्कृत गरेको हो । दक्षिण कोरियामा यही असार १६ र १७ गते सम्पन्न उक्त प्रतियोगितामा समालले

पार्टीको आन्तरिक जीवनबारे अध्यक्ष ओलीको उपाध्यक्षसँग छलफल

२९,असार ,काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनका सम्बन्धमा पार्टी उपाध्यक्षसँग हिजो छलफल गरेका थिए । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा हिजो अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा छलफल गरेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार

बाघको आक्रमणबाट महिला घाइते

२९,असार ,महेन्द्रनगर । बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् । बिहीबार साँझ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिए । उनको धनगढीस्थित

झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै

२९,असार ,कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडालेको झोलुङ्गे पुलको सामान सुरक्षित स्थानमा राख्न थालिएको छ । गत वर्षको बाढीले चुँडालेको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको हो । अबिरल वर्षाका कारण नदीमा बाढी आउँदा पुल भएको स्थानमा ब्यापक कटान भइरहेको छ । जग्गा कटान हुँदा

सम्वन्धित समाचारहरु