Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

पार्टीको आन्तरिक जीवनबारे अध्यक्ष ओलीको उपाध्यक्षसँग छलफल


२९,असार ,काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनका सम्बन्धमा पार्टी उपाध्यक्षसँग हिजो छलफल गरेका थिए ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा हिजो अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा छलफल गरेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार छलफलमा पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभाषचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए ।

एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ । यही असार ३० गते डाकिएको सचिवालय बैठकको एजेण्डा तय गर्नका लागि बैठक आज दिउँसो ३ बजे पार्टी मुख्यालयमा बस्न लागेको केन्द्रीय कार्यालय सचिव डा अधिकारीले जानकारी दिए ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?