Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

पार्टीको आन्तरिक जीवनबारे अध्यक्ष ओलीको उपाध्यक्षसँग छलफल


२९,असार ,काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनका सम्बन्धमा पार्टी उपाध्यक्षसँग हिजो छलफल गरेका थिए ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा हिजो अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा छलफल गरेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार छलफलमा पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभाषचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए ।

एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ । यही असार ३० गते डाकिएको सचिवालय बैठकको एजेण्डा तय गर्नका लागि बैठक आज दिउँसो ३ बजे पार्टी मुख्यालयमा बस्न लागेको केन्द्रीय कार्यालय सचिव डा अधिकारीले जानकारी दिए ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?