Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै


२९,असार ,कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडालेको झोलुङ्गे पुलको सामान सुरक्षित स्थानमा राख्न थालिएको छ ।

गत वर्षको बाढीले चुँडालेको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको हो । अबिरल वर्षाका कारण नदीमा बाढी आउँदा पुल भएको स्थानमा ब्यापक कटान भइरहेको छ । जग्गा कटान हुँदा पोल ढलेर नदीमा खसेको छ ।

पुलका सामान हटाएर सुरक्षित स्थानमा राख्न थालिएको वडाध्यक्ष नवलसिंह रानाले बताए । पुलको सामान चोरी हुनसक्ने भएकाले सुरक्षित स्थानमा राख्न थालिएको उनको भनाइ छ । “पुल खोल्नका लागि मजदुरको ज्याला र ढुवानी खर्च नगरपालिकाले व्यहोर्ने आश्वासन दिएको छ”, वडाध्यक्ष रानाले भने ।

निर्माण भएको एक वर्ष नपुग्दै बाढीका कारण गत वर्ष पुल चुँडिएर नदीमा खसेको थियो । पुल ढलेपछि स्थानीयले नदी तर्न सास्ती खेप्दै आएका छन् । विद्यार्थी र बिरामीलाई यसबाट बढी समस्या भएको छ । “नदीमा ढलेको पुल हटाउन एक वर्ष कुर्नुपर्यो”, स्थानीय लक्ष्मण रानाले भने, “नयाँ पुल निर्माणको माग गरेका छौँ, सुनुवाइ भएको छैन ।”

रु दुई करोड ५० लाखको लागतमा उक्त पुल निर्माण गरिएको थियो ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?