Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै


२९,असार ,कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडालेको झोलुङ्गे पुलको सामान सुरक्षित स्थानमा राख्न थालिएको छ ।

गत वर्षको बाढीले चुँडालेको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको हो । अबिरल वर्षाका कारण नदीमा बाढी आउँदा पुल भएको स्थानमा ब्यापक कटान भइरहेको छ । जग्गा कटान हुँदा पोल ढलेर नदीमा खसेको छ ।

पुलका सामान हटाएर सुरक्षित स्थानमा राख्न थालिएको वडाध्यक्ष नवलसिंह रानाले बताए । पुलको सामान चोरी हुनसक्ने भएकाले सुरक्षित स्थानमा राख्न थालिएको उनको भनाइ छ । “पुल खोल्नका लागि मजदुरको ज्याला र ढुवानी खर्च नगरपालिकाले व्यहोर्ने आश्वासन दिएको छ”, वडाध्यक्ष रानाले भने ।

निर्माण भएको एक वर्ष नपुग्दै बाढीका कारण गत वर्ष पुल चुँडिएर नदीमा खसेको थियो । पुल ढलेपछि स्थानीयले नदी तर्न सास्ती खेप्दै आएका छन् । विद्यार्थी र बिरामीलाई यसबाट बढी समस्या भएको छ । “नदीमा ढलेको पुल हटाउन एक वर्ष कुर्नुपर्यो”, स्थानीय लक्ष्मण रानाले भने, “नयाँ पुल निर्माणको माग गरेका छौँ, सुनुवाइ भएको छैन ।”

रु दुई करोड ५० लाखको लागतमा उक्त पुल निर्माण गरिएको थियो ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?