Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो


२९,असार ,काठमाडौँ । अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको हिजो मृत्यु भएको हो । एमआरआइ गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गरेका छन् ।

सामान्य अवस्थाको बिरामी अस्पतालको गम्भीर लापरवाहीका कारण ज्यान गएको भन्दै आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका छन् । अस्पतालको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै आफन्तले दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रतिष्ठानका उपकुलपतिको कार्यालय र अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् ।

यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा रमेश कँडेलले यसलाई भवितब्य घटना भएको बताए । कुनै पनि बिरामीलाई निको पारेर घर पठाउने जिम्मेवारी आफूहरूको भए पनि कहिलेकाहीँ यस्ता घटना हुने गरेकामा आफू दुःखी भएको प्रतिक्रिया दिए । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?