Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो


२९,असार ,काठमाडौँ । अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको हिजो मृत्यु भएको हो । एमआरआइ गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गरेका छन् ।

सामान्य अवस्थाको बिरामी अस्पतालको गम्भीर लापरवाहीका कारण ज्यान गएको भन्दै आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका छन् । अस्पतालको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै आफन्तले दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रतिष्ठानका उपकुलपतिको कार्यालय र अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् ।

यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा रमेश कँडेलले यसलाई भवितब्य घटना भएको बताए । कुनै पनि बिरामीलाई निको पारेर घर पठाउने जिम्मेवारी आफूहरूको भए पनि कहिलेकाहीँ यस्ता घटना हुने गरेकामा आफू दुःखी भएको प्रतिक्रिया दिए । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?