Trending
>>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

आत्महत्या जस्तो संवेदनशील विषयसँग नजोड्न मन्त्रालयको आग्रह


२९,असार ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतद्वारा अभिव्यक्त कुरालाई आत्महत्यासँग जोडेर समाचार सम्प्रेषण नगर्न/नगराउन अनुरोध गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी डा पवनकुमार साहले हिजो विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतको अभिव्यक्तिलाई सञ्चारमाध्यममा तोडमोड गरी प्रकाशित नगर्न अनुरोध गरेका हुन् । आत्महत्या जस्ता विषयसँग जोडेर मन्त्री बस्नेतको नाम पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“एक जना विशेषज्ञ चिकित्सकलाई खटाएको ठाउँमा काम गर्न सम्झाई बुझाई गर्दा पनि निजले आफू राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाएर आत्महत्या गर्छु भनी पटकपटक धम्कीको भाषा प्रयोग गरेको अवस्थामा निज सो तोकिएकै स्थानमा जाउन् भनेर स्वास्थ्य कर्मचारीको मनोबल उच्च राख्ने सन्र्दभमा सो भाषा प्रयोग भएको तर हाल सो तथ्य तोडमोड गरी अर्कै भाष्य सिर्जना गर्ने प्रयास गरी पत्रपत्रिका तथा सामाजिक सञ्जालमा भ्रम सिर्जना गरेको पाइएको छ”, विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले वर्षौंदेखि सुगममा मात्र जनशक्ति थुप्रने, दुर्गमका अभाव हुने बेथितिको सुधार एव निर्मलीकरण, दुर्गममा काम गरिरहेका स्वास्थ्यकर्मीको मनोबल बढाउने र दुर्गममा पनि स्वास्थ्य जनशक्ति पुर्याउने अभियान चलाइरहँदा प्रशासनिक सुधारका क्रियाकलापलाई आत्महत्या जस्ता संवेदनशील विषयसँग जोडेर समाचार सम्प्रेषण नगर्न/नगराउन सबैमा अनुरोध गरिएको छ । भ्रमपूर्ण र तोडमोड समाचारका पछि नलाग्नसमेत मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?