Trending
>>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ

२९ श्रावण,  काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उनले गृह प्रशासनलाई सुधार र परिणाममुखी बनाउनुपर्ने बताए । सेवा प्रवाहमा सुधार ल्याउन विभिन्न कार्यदल गठन गर्ने तयारीमा मन्त्रालय जुटेको उनको भनाइ छ ।

सत्ताभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि महत्वपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

२९ श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताएका छन् । पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सुशासनका सन्दर्भमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारे । उनले भने, “सुशासन, सामाजिक न्याय

बेलायती राजा चार्ल्सको मार्चमा स्थगित फ्रान्स भ्रमण सेप्टेम्बरमा हुने

२९ श्रावण, एजेन्सी । फ्रान्समा हिंसात्मक प्रदर्शनका कारण प्रर्व निर्धारित भ्रमण रद्द भएको छ महिनापछि आगामी सेप्टेम्बरमा बेलायतका राजा चाल्र्स तृतीय फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक पत्रिकाले जनाएको छ । पेन्सन सुधारको विरोधमा फ्रान्समा भएको जनप्रदर्शन चर्केपछि फ्रान्स र बेलायतबीचको सम्बन्धमा आएको सुधारलाई उजागर गर्ने उद्देश्यले तय

सबै निकायमा विद्युतीय खरिद प्रणालीको व्यवस्था गर्नुपर्ने

२९ श्रावण, काठमाडाैँ । सरकारले सार्वजनिक खरिद प्रक्रियालाई अझ बढी पारदर्शी, प्रतिस्पर्धी र सीमित बोलपत्रदाताको मात्र एकाधिकार नरहने वातावरण सिर्जना गर्न विद्युतीय खरिद प्रणाली कार्यान्वयनमा ल्याएको छ । हालसम्म उक्त प्रणालीमा पाँच हजार सात सय छ सार्वजनिक निकाय, ४६ हजार ७२ इच्छुक बोलपत्रदाता, दुई हजार सात सय ४३ बैंक शाखा आबद्ध

उपराष्ट्रपति यादव चीन प्रस्थान

२९ श्रावण, काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, परराष्ट्रमन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूत, उच्च सरकारी अधिकारीलगायतले बिदाइ गरेका हुन् ।

कालीगण्डकी उर्लेपछि शालिग्राम शिला डुबानमा

२९ श्रावण, पर्वत । केही दिनदेखि निरन्तर परेको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको संगमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको उक्त शालिग्राम शिला डुवानमा परेको हो । कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुवानमा परेको स्थानीय तिलक पराजुलीले बताए ।

साताको दोश्रो दिन घट्यो शेयर बजार

२९ श्रावण, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर रु दुई अर्ब नौ करोड १३ लाख

पहिरोमा परेर बेपत्ता भएका छोराको शव भेटियो, बुबा अझै बेपत्ता

२९ श्रावण, दोलखा । अविरल वर्षाका कारण आइतबार दिउसो आएको भेलले बगाउँदा दोलखाको विगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएकामा छोरा पासाङ शेर्पाको शव भेटिएको छ । आइतबार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका ३५ वर्षीय बाबु निमदोर्जे शेर्पा र उनका छोरा १२ वर्षीय पासाङलाई वर्षासँगै

एमालेले चल्द दिएन संसद्, भदाै ३ गतेसम्मका लागि स्थगित

२९ श्रावण, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ । एमालेको उक्त नाराबाजीपछि प्रतिनिधिसभाको अर्को बैठक भदौ ३ गतेसम्मका लागि स्थगित गरिएको छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले पछिल्लो समय संसदमा अवरोध गर्दै आएको छ । आजको

कैदीबन्दी मृत्यु प्रकरण : कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी, असई चौधरी पक्राउ

२९ श्रावण, सङ्खुवासभा । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन् । चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक निरीक्षक चौधरीलाई पक्राउ गरी जिल्ला अदालत सङ्खुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक

सम्वन्धित समाचारहरु