काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज
आज मिति २०८१ साल कार्तिक ११ गते आइतबार ( 27 oct,2024) कार्तिक कृष्णपक्ष दशमी ०७:४३ बजेसम्म, त्यसपछी एकादशी मेष – घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाँफा कमाउन सकिनेछ। राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ। बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परेको भान हुनेछ। छाती सम्वन्धी समस्याले नसताउला भन्न सकिन्न।
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात “दाना” को अंशको आंशिक प्रभाव समेत रहेको छ । कोशी प्रदेशमा आंशिक देखी साधारणतया बदली र बांकी प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली र
आज मिति २०८१ साल कार्तिक १० गते शनिबार ( 26 oct,2024) कार्तिक कृष्णपक्ष नवमी ०६:४२ बजेसम्म, त्यसपछी दशमी मेष – दमदार बोलीको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपाईंको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने हुँदा आफन्त तथा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुक्रबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । बैठक शनिबार पनि बस्ने गरी स्थगित भएको जानकारी दिदै नेता मनिष झाले आन्दोलनको कार्यक्रमको स्वरूपबारे विवरण शनिबार सार्वजनिक गरिने उनले बताएका छन् । रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले
काठमाडौँ । सूर्य दर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा प्रहरीले अनुसन्धानका लागि गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका शेयर धनी रामबहादुर खनाललाई पक्राउ गरेको छ । तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार काठमाडौँको पानी पोखरीबाट पक्राउ गरेको हो। नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक खनाल जीवी राई
डुम्रे (तनहुँ) । दैवी प्रकोप तथा जलवायु परिवर्तनका कारण खानेपानीको समस्या बढ्दै गएको छ । जसरी समस्या बढ्दै गएको छ, यसलाई सम्बोधनका लागि सोहीअनुसारको योजना र बजेट हुनुपर्ने हो तर यस क्षेत्रमा बजेटसमेत कम हुँदै गएको छ । यसले आवश्यकताअनुसार सुरु गरिएका खानेपानी योजनासमेत पूरा नहुने समस्या देखिएका छन् ।
काठमाडौँ । सत्तारुढ सात दलको बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा फरार रहेका जीतेन्द्रबाबु (जीवी) राईको नामबाट आएको इमेलबारे ब्रिफिङ गरेका छन् । उनका अनुसार यो इमेलबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । मन्त्री लेखकले उक्त इमेल रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा नयाँ क्लु हुनसक्ने भन्दै यो
काठमाडौं । निर्वाचन आयोगले क्रान्ति शब्द राखेर दल दर्ता गर्न अस्वीकार गरेपछि राजेन्द्र महतो नेतृत्वको पार्टीको नयाँ नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल र चुनाव चिन्ह माछा प्रस्ताव गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाएका महतोले १ असोजमा त्यही नाममा दल दर्ता गर्ने निर्णय गर्दै
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार सफलतापूर्वक अगाडि बढिरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार राजनीतिक दलहरूको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले संविधानले प्रत्याभूत गरेको व्यवस्थालाई थप सुदृढ गर्न र जनजीविकाका सवालमा जनतालाई बढीभन्दा बढी सुविधा प्रदान गर्न सरकार प्रतिबद्ध