Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

‘सहमतिका साथ संविधान संशोधन प्रक्रिया अघि बढ्छ’


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रारम्भिक सय दिनमा गरेका कामका आधारमा वर्तमान सरकार सफलतापूर्वक अगाडि बढिरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार राजनीतिक दलहरूको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले संविधानले प्रत्याभूत गरेको व्यवस्थालाई थप सुदृढ गर्न र जनजीविकाका सवालमा जनतालाई बढीभन्दा बढी सुविधा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

गृहमन्त्री लेखकले बाढी पहिरोलगायत प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिको पीडालाई सम्बोधन गर्न सरकार सचेतनापूर्वक अगाडि बढ्नुपर्छ भन्ने विषयमा सत्ता साझेदार दलहरूको बैठकले पनि दृढताका साथ प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएका छन् ।

सरकारको फेरबदल हुन्छ भन्ने निरर्थक र भ्रमपूर्ण हल्लाको पछाडि कुनै तर्क र अर्थ नरहेको बताउदै उनले वर्तमान सरकार बहुमतका साथ अगाडि बढिरहेकाले त्यस्तो भ्रममा नपर्न आग्रह गरेका छन् । गृहमन्त्री लेखकले सत्ता साझेदार दलहरूबिच आगामी दिनमा निरन्तर बैठक बसी जनजीविका लगायत समसामयिक विषयमा छलफल हुने जानकारी दिएका छन् ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको आधारभूत मान्यता छ, त्यसलाई हामीले अङ्गीकार गरेका छौँ, ती व्यवस्थालाई थप सुदृढ गर्न, थप जीवन्त र सबल बनाउने उद्देश्यका साथ संविधान संशोधन गर्ने भनेका हौँ” उनले भने, “संविधानको अभ्यासबाट देखिएका सबल पक्षहरूको समीक्षा गर्दै सबैका बिचमा राजनीतिक सहमति निर्माण गरेर संशोधनको प्रक्रियामा जाने छौँ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारमा रहेका र समर्थन गर्ने सात राजनीतिक दलले साझा न्यूनतम कार्यक्रमका आधारमा सरकारको सय दिनको समीक्षा गरिएको बताउदै उनले भने, “आगामी दिनमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल गरी निष्कर्ष निकालेका छौँ । सरकारले गरेका राम्रा कामहरूको समर्थन गर्दै आगामी दिनमा गर्न खोजेका कामहरूलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाइएको छ ।”


प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?