Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

सन्देशमुलक


गैँडाको आक्रमणबाट पथप्रदर्शक घाइते

चितवन । सदावाहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैँडाको आक्रमणबाट घाइते भएका छन् । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका-२७ का २८ वर्षीय माझी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार माझीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य बिमालाई व्यवस्थित गराइने : स्वास्थ्यमन्त्री पौडेल

गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन् । पोखरा महानगरपालिका-१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए । स्वास्थ्य विमाबाट प्राप्त

जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको तयारी

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएका छन् । पाँच सयभन्दा बढीको सङ्ख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा सुरु भइसकेको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षिय बैठक गरिएको जानकारी दिए । विश्व हिन्दू

चाडपर्वमा उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ३९ हजार चालकमाथि कारबाही

काठमाडौँ । उपत्यकामा दसैँ, तिहार र छठ पर्वको समयमा ३९ हजार ११७ चालकमाथि कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैंको घटस्थापनादेखि शुक्रबार बिहानसम्ममा सडक लेन मिच्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकमाथि कारबाही गरिएको हो। कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ३९ हजारमध्ये तीन हजार ३५०

कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा छठ पर्वको शुभकामना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हाम्रा सबै चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्दै छठ पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन्। छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै,“नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो । यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर

कसरी भयो छठ मनाउने प्रचलनको थालनी?

काठमाडौं। छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंलबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डव

प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गर्दै पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुजिदै आएको बताएका छन्। प्रधानमन्त्री ओलीले प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको र सूर्यलाई

तामाकोशीमा एक युवक शुक्रबारदेखि बेपत्ता, एक जना पक्राउ

रामेछाप। मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन्। प्रहरीले तामाकोशी नदीमा उनको खोजी गरिरहेको छ। भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली–१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ। भुजेल बेपत्ता भएको साँझ विक

बेनी-जोमसोम सडक अवरुद्ध, यात्रा नगर्न आग्रह

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले आज दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो

कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेदेखि

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने भएको छ । यात्रा कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मंसिर ४ गते महाकाली पुगेर समापन बताइएको छ ।

सम्वन्धित समाचारहरु