Trending
>>   सरकार संसदलाई अवमूल्यन गरिरहेको छः माओवादी सांसद सापकोटा >>   बालकार्य र बालश्रम छुट्याउन जरुरीः मन्त्री भण्डारी >>   गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड रािखएको होः मन्त्री गुरुङ >>   पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल >>   वैकल्पिक विकास वित्त विधेयकले आर्थिक क्षेत्रको विविधिकरण र विकासका लागि सकारात्मक पहल गर्ने सांसदहरुको विश्वास >>   संसद विघटन गर्दा मलाई कुनै दबाब थिएन, सरकारको निर्णय कार्यान्वयन गरेकी हुँः पूर्वराष्ट्रपति भण्डारी >>   विधान महाधिवेशनमा मेरो भुमिका केन्द्रिय कमिटीले गरेको निर्णयमा भर पर्छः एमाले नेतृ भण्डारी >>   रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का >>   अनौपचारिक क्षेत्र औपचारिकीकरण भएपछि प्रतिष्पर्धा बढ्छः अध्यक्ष ढकाल >>   वर्ष दिनमा ननुहाउने हिमालवासीहरु अहिले दिनको एक पटक नुहाउँछौँ, यो उपलब्धि होइन ? : सांसद…
Logo
३१ असार २०८२, मंगलवार
३१ असार २०८२, मंगलवार

मुख्य समाचार


आर्थिक परिसूचकमा क्रमशः सुधार भएको छ: अर्थमन्त्री डा.महत

पाटन। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । उनले अर्थतन्त्र चापमा नै रहेको स्वीकार गरे । ललितपुरमा जारी महासमिति बैठकमा देशको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन मङ्गलबार प्रस्तुत गर्दै अर्थमन्त्रालयको कार्यभार सम्हालेका डा. महतले लोकतान्त्रिक समाजवादको आदर्शलाई कांग्रेसले

मतदातालाई रूखमा भोट हाल्ने वातावरण बनाऔँ: महामन्त्री थापा

ललितपुर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन पूर्वगठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेका छन् । उक्त पार्टीको गोदावरीमा सोमबारदेखि जारी महासमिति बैठकमा मङ्गलबार साङ्गठनिक प्रस्ताव पेश गर्दै उनले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेका हुन् । महामन्त्री थापाले आगामी निर्वाचनमा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्नमा मत

कांग्रेस महासमिति बैठक: विभिन्न प्रतिवेदनमा छलफल

ललितपुर। नेपाली कांग्रेसको ललितपुरमा जारी महासमिति बैठकका क्रममा मङ्गलबार प्रस्तुत प्रतिवेदनमा आजदेखि समूहगत छलफल हुँदै छ । उक्त बैठकमा उपसभापति, महामन्त्रीद्वय, प्रवक्ता र लेखा समितिका संयोजकले पेस गरेको प्रतिवेदनमा छलफल गर्न चार समूह बनाइएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले बताएका छन् । सो बैठकमा उपसभापति पूर्णबहादुर

४० बुँदे मागसहित आजदेखि आन्दोलनमा राप्रपा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग ४० बुँदे माग राख्दै आजदेखि चरणबद्ध आन्दोलन सुरु गर्दै छ । राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतका ४० बुँदे माग राखेर प्रधानमन्त्रीलाई आज ज्ञापनपत्र बुझाउन लागेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । राप्रपाले आज दबावमूलक र्‍याली गर्दै छ

वीरगञ्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै

वीरगञ्ज,पर्सा। जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ । उक्त जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज बिहान ६ देखि ११ बजेसम्म खुला गरेको छ । सर्वसाधारणको सहजताका लागि आज बिहान ६ देखि ११ बजेसम्मका लागि खुला

परराष्ट्रमन्त्री साउद आज भारत जाने

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन आज नयाँदिल्ली प्रस्थान गर्दै छन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग समेत भेट गर्नेछन् ।

देशमा हुतिहारा प्रधानमन्त्री, नैतिकहीन मन्त्री छन् : ओली

काठमाडौं । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले सरकारले दोषी करार गरिसकेको मन्त्रीलाई कारबाही गर्न नसक्ने प्रधानमन्त्री प्रचण्डले अहिले देशको नेतृत्व गरिरहेको बताएका छन्। ‘सरकारले बनाएको छानबिन समितिले बालकुमारी घटनामा युवा मारिनुमा मन्त्रीलाई दोषी किटान गरिसकेको छ, तर न नैतिकहीन मन्त्रीले राजीनामा दिन्छन् न हटाइन्छ,’

भीभीआईपी सवारीका नाममा सर्वसाधारणलाई सास्ती नदिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले भीभीआइपी को सवारीका नाममा सर्वसाधारणको आवतजावत प्रभावित नपार्न सरकारका नाममा आदेश दिएको छ । भीभीआईपी सवारीका नाममा सवारीसाधन रोक्ने, सर्वसाधारणलाई हिँड्न नदिने, पैदल यात्रीलाई अवरोध गर्ने प्रहरीका कामकारवाही रोक्न माग गर्दै अधिवक्ता ज्ञानेश्वर कोइरालाले १९ माघ २०७४ मा दायर गरेका रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह

१६ फागुनमा बोलाइयो गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन

काठमाडौं। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन १६ फागुनमा आह्वान भएको छ । उक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद् बैठकको सिफारिसमा १६ फागुनको दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । त्यस्तै, गण्डकी प्रदेशको हिउँदे अधिवेशन आह्वान भए पनि प्रदेशसभामा पर्याप्त बिजनेस भने छैन भने हाल बीउ-बिजन सम्बन्धी

राष्ट्रिय समावेशी आयोगले औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ: अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय समावेशी आयोगले संविधानको मर्म र भावनाअनुरुप आफ्नो औचित्य पुष्टि हुने गरी काम गर्न आवश्यक रहेको बताएका छन् । आज आयोजित राष्ट्रिय समावेशी आयोग तेस्रो स्थापना दिवस कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले समय–समयमा संवैधानिक आयोगबीच अन्तरक्रिया गर्ने र आयोगले लक्ष्यअनुरुपका काम समयमै गर्नुपर्ने बताएका हुन् । उनले

सम्वन्धित समाचारहरु