Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा


अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा

एजेन्सी। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै अर्को एक तेल ट्याङ्कर कब्जा गरेको बताएका छन् ।

यो दोस्रो पटक हो जब अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित तेल ट्याङ्कर कब्जा गरेको छ । यसअघि डिसेम्बर १० मा पनि अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै एक तेल ट्याङ्कर कब्जा गरेको थियो । जसलाई भेनेजुएला सरकारले स्पष्ट चोरी र अन्तर्राष्ट्रिय समुन्द्री डकैतीको संज्ञा दिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आउने–जाने सबै अमेरिकी प्रतिबन्धित तेल ट्याङ्करहरूको पूर्ण नाकाबन्दीको आदेश दिएका थिए। ट्रम्पले पछि एक अन्तर्वार्तामा अमेरिकाले थप तेल ट्याङ्करहरू कब्जा गर्न जारी राख्ने बताएका छन् । यो कदमले अमेरिका र भेनेजुएला बीचको तनावलाई थप बढाएको छ ।

भेनेजुएला सरकारले यी कार्यहरूलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन र समुन्द्री डकैतीको रूपमा निन्दा गरेको छ । यो घटनाले भेनेजुएलाको तेल निर्यातमा ठूलो असर पारेको छ । किनकि भेनेजुएलाको अर्थतन्त्र मुख्य रूपमा तेलमा निर्भर छ ।


प्रकाशित मिति: ७ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?