Trending
>>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

मुख्य समाचार


लीलादेवी गड्तौलाः नेपालको निजामती इतिहासमा पहिलो महिला मुख्यसचिव !

काठमाडौं । मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो। नेपालको निजामती सेवाको इतिहासमा मुख्यसचिव बन्ने उनी पहिलो महिला हुन्। ५८ वर्षे उमेरहदले गड्तौला १५ भदौमा सेवानिवृत्त हुनेछिन्।

रास्वपाले भदाै दोस्रो सातादेखि कर्णाली विशेष अभियान सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी भदाै दोस्रो सातादेखि कर्णाली विशेष अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको पार्टीका सहप्रवक्ता मनीष झाले जानकारी दिए। अभियानको नेतृत्व पार्टीका सहमहामन्त्री विपिन आचार्यले गर्ने छन्। कर्णाली प्रदेशमा पार्टी कमिटीहरूको पुनर्संरचना भइरहेकाले विशेष अभियान चलाउने निर्णय भएको

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्ताे छ? यसाे भन्छ अस्पत्ताल

काठमाडौँ । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ । क्याप्टेन शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीबार विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन् ।

सर्वोच्चद्वारा बेचन झालाई रिहा गर्न अस्वीकार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि अनुसन्धानका लागि थुनामा रहेका बेचन झालाई रिहा गर्ने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदन अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो।

आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न पर्यटनमन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन

काठमाडौँ । संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले योसहित ५ वटा निर्देशन दिएको हो ।

परराष्ट्रमन्त्रीसँग श्रीलङ्काली राजदूतकाे शिष्टाचार भेट

काठमाण्डौं ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले बिहीबार शिष्टाचार भेट गरेकी छन् । परराष्ट्र मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा भएको सो भेटका क्रममा दुई देशको आपसी हित तथा नेपाल–श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने बताइएको छ। पदभन्दा आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीमा केन्द्रीय सदस्य चयन गर्न सकस परेको छ। विधानमा केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। तर, आकांक्षी धेरै भएपछि प्रदेश कमिटीले नाम काँटछाँट नगरी

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको बैठकमा पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराइने बताइएको छ। विभाग प्रमुख मनोनयन, विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन, क्लोज क्याम्प, कर्णाली विशेष अभियान बैठकको एजेन्डाका रूपमा रहेको छ।

विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज आधा राष्ट्रिय झण्डा झुकाउने

काठमाडाैं । सरकारले काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको

विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन

सम्वन्धित समाचारहरु