Trending
>>   दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन्छौँः मन्त्री अधिकारी >>   गणेशमान सिंह रोड रेस असार १४ गते हुने >>   छिमेकीहरूसँगको सम्बन्धहरूलाई विस्तार गर्दै लाभ लिन चाहन्छौँः मन्त्री भण्डारी >>   राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित >>   महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छः स्वास्थ्यमन्त्री पौडेल >>   सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै ऐन बनाउने >>   पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्रद्वारा जुम्लामा सिंचाई पोखरीको उद्घाटन >>   गैरआवासीय नेपाली नागरिकतालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा सांसदहरुको जोड >>   समग्र अर्थतन्त्रको विकासको लागि मौद्रिक नीति आउनेछः डेपुटी गभर्नर मिश्र >>   गर्मी बढेसँगै बढ्यो फलफूलको व्यापार
Logo
२७ जेष्ठ २०८२, मंगलवार
२७ जेष्ठ २०८२, मंगलवार

मुख्य समाचार


प्रमुख सचेतक पाण्डेको प्रश्नः नागरिकता ऐनमा सेरोगेसीको विषय कसरी समेटिन्छ ?

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नागरिकता सम्बन्धी विधेयकमा सेरोगेसीको विषय कसरी सम्बोधन गर्ने ? भन्दै सरसँग प्रश्न गरेका छन् । मंगलवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारसँग सेरोगेसीसम्बन्धी विषयलाई कसरी समाधान गर्ने भन्दै प्रश्न गरेका हुन् । आधुनिकताको विकाससँगै सेरोगेसीको चलन बढ्दै गइहेको

१० महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स

काठमाडौँ। चालु आर्थिक २०८१/८२ को दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको दश महिनाको विवरणअनुसार यो रेमिट्यान्स गत वर्षको पहिलो १० महिनाको तुलनामा १३ दशमलव २ प्रतिशतले वृद्धि भएको हो । यस्तो रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण

चित्रबहादुर केसीको प्रश्नः पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ?

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण एनआरएनहरुलाई वंशजको नागरिकता दिन नहुने बताएका छन् । मंगलवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । उनले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको बताए । खुला सीमा भएका कारण भारतबाट मात्र नभइ उत्तर, दक्षिण लगायतका विभिन्न

ब्याजदर घट्दा पुँजी पलायनको खतरा बढ्योः वरिष्ठ उपाध्यक्ष उपाध्याय

काठमाडौँ। नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रमा लगानीयोग्य रकम थ्रुपिएको र ब्याजदर समेत घट्दै गएका कारण पुँजी पलायनको खतरा बढेको बताएका छन् । मंगलवार काठमाडौंमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले लगानीयोग्य रकम थ्रुप्रिने

बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता होइनः अर्थमन्त्री पौडेल

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता नभएको बताएका छन् । मंगलवार काठमाडौंमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले अध्यादेशका मार्फतबाट कानूनहरु संशोधन गर्दा पनि सरकारले आर्थिक सुधारको अन्तिम किस्ता अध्यादेश

अर्थमन्त्री र गभर्नरबीच दरारको खोजि गर्नेहरु आउने दिनमा निराश हुनेछन्ः अर्थमन्त्री पौडेल

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्त नीति र मौद्रिक नीतिका बीचमा दरारको खोजि गर्नेहरु आउने दिनमा निराश हुने बताएका छन् । मंगलवार काठमाडौंमा क्लिकमाण्डु डटकमले आयोजना गरेको प्रि मनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले मौद्रिक नीति र वित्त नीतिको बीचको आपसी

पनौतीमा शुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा

काठमाडौँ। काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक शहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि शुरु भएको छ । जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा शुरु भई २८ गतेसम्म चल्नेछ । परम्पराअनुसार पुण्यमती खोलामा नागको प्रतिक स्वरूप दुईवटा बाँस तेस्र्याइएपछि नगरका देवगण (दुइचा न्याकेगू) ले पानी तरेर

जनताप्रति सबै राजनीतिक दलको उत्तरदायित्व बराबर हुन्छः काँग्रेस सांसद भट्ट

काठमाडौँ। नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले सरकार र जनप्रतिनिधिप्रति आशाको दृष्टि राख्ने जनताप्रति सबै राजनीतिक दलको उत्तरदायित्व बराबर हुने बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टले मनसुन शुरु भइरहेको र बाढी,पहिरो आउन थालिसकेको अवस्थामा बजेट पास नहुँदा जनताप्रतिको उत्तरदायित्वबाट विमुख हुनुपर्ने अवस्था आउने बताए ।

शक्तिशाली मन्त्रीकोे जिल्लामा बजेटको खोलो बगाइयोः उपेन्द्र यादव

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एकात्मक मानसिकताका कारण संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको बताएका छन् । संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२÷८३ को सन्दर्भमा सोमवार काठमाडौं भएको कार्यक्रममा उनले संघीय सरकारमा बसेकाहरुको मानशिकता नै एकारात्मक रहेको बताउँदै यसले संघीयतालाई नोक्शानी गरिरहेको बताएका हुन् । उनका अनुसार आगामी

पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ। पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्

सम्वन्धित समाचारहरु