काठमाडौं। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्तिको विवरण र योग्यतासम्बन्धी कागजात माग गरेको छ । उक्त समितिको बिहीबार बसेको बैठकले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिँदै पुनलाई कार्यकारी निर्देशक नियुक्ति गरेका विषयमा विवरण माग गरेको हो । त्यस्तै,
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालक्षित नवप्रवर्तनलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छ्न् । सिंहदरबारमा आज भएको उद्योग मन्त्रालयसँग सम्बन्धित छलफलमा उनले नवप्रवर्तनशील सोच र जोश भएका युवामा उद्यमशीलता प्रवद्र्धन गर्न ‘विजनेस इन्कवेसन सेन्टर’का माध्यमबाट सातै प्रदेश केन्द्रित व्यवसाय प्रवर्द्धन अभियान सञ्चालन गर्न
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अफ्रिकी राष्ट्र युगाण्डाको भ्रमणमा जाने भएका छन् । माघको पहिलो साता असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी युगाण्डा जान लागेका हुन् । प्रधानमन्त्रीको युगाण्डा भ्रमणको आवश्यक तयारी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले परराष्ट्र मन्त्रालयलाई भनिसकेको छ भने
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक रहेको भन्दै प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने घोषणा गरेका छन् । ‘प्रधानमन्त्री कार्यालयलाई जति व्यवस्थित हिसाबले लैजानुपर्ने हो, त्यसमा सीमा आफ्ना सीमा महसुस गरेको छु, आज क्याबिनेट बैठकमा निर्णय गराएरै प्रधानमन्त्री कार्यालयको संरचना बदल्छु,’ प्रधानमन्त्रीले भने, ‘६ दर्जन कर्मचारी अनावश्यक
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छ्न् । सो अवसरमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निःशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेको उल्लेख गरे । उनले नेपालको सामाजिक तथा आर्थिक विकासको
काठमाडौं। सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने बताएकी छन् । अनुसन्धान गरी कारबाही गर्न सरकारले छानबिन समिति बनाएको बताएकी हुन् । मन्त्री शर्माले एनसेल बिक्रीबारे संसदको शिक्षा समितिमा बिहीबार भएको छलफलमा पूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा नेतृत्वको समितिले काम गरिरहेको बताइन्
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरंश लागू गरिने बताउनुभएको छ। बिहीबार बिहान प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले अब कामका आधारमा मूल्यांकन हुने बताउनुभयो। छलफलपछि प्रधानमन्त्रीले भन्नुभयो, “म अलि उदार भएँ। मन्त्रालयलाई मैले
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएकाे छ । बैठक केन्द्रीय कार्यालय सानेपामा सुरू भएकाे हाे । बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ भने मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन् । साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल
वालिङ,स्याङ्जा। कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छ्न् । स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको आज बिहान चापाकोट–६ मोहमीस्थित साँखर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा उनले भने, “बोलीबाट नभई नागरिकलाई कामबाट नतिजा दिनुपर्छ”, उनले भने, “नेतृत्वको परीक्षण कामको मूल्याङ्कनबाट गर्ने
हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनतालाई ‘अधिकार माग गर्ने चेतना’ सङ्घीयताले दिएको बताएका छ्न् । आज हेटौँडामा आयोजना भएको ‘तहगत अधिकारको कार्यविस्तृतीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताएका हुन् । सङ्घीयता कार्यान्वयनको सुरुआत राम्रो भएको बताउँदै उनले संविधानले दिएका तहगत अधिकार आउन बाँकी नै भएका कारण निराशा