Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यकः उद्योगमन्त्री भण्डारी


काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रवार नेपाल आयल निगम लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोहमा बोल्दै उद्योगमन्त्री भण्डारीले नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा रहेको भन्दै पेट्रोलियम ग्यास बाहेक अन्य व्यवसायको खोजी गर्नुपर्नेमा जोड दिएका छन् । उनले निगमले व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिएको उल्लेख गर्दै उनले ५५ वर्ष पूरा गरेर अर्बको नाफा कमाउने र लाभांश बाँड्ने मात्रै भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौति लगायतका विषयलाई लिए नयाँ कुराको खोजि गर्न आवश्यक रहेको बताएका छन् ।

मन्त्री भण्डारीले निगमले तेल मात्रै बेचेर मुनाफामा रमाउने कुरा लामो समयसम्म नरहने बताउदै पेट्रोलियम पदार्थको विल्कपको सिर्जना भएकाले अब निगमको प्रवन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरुमा पर्ने नयाँ खालको काम खोज्ने कार्ययोजना बनाउन निगम नेतृत्वलाई निर्देशन दिंदै उनले नयाँ कार्यको खोजि गरिएन भने तेलमात्रै बेचेर संस्था खुम्चँदै धरापमा पर्न जाने बताए ।

उनले निगमको ग्राफलाई बढाउन आवश्यक रहेको बताउंदै अत्यावश्यक वस्तुको ढुवानी,व्यवस्थापन,वितरण र व्यवसायीकतामा निगमले सफलता पाएपनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक रहेको बताउदै उनले निगम अत्यावश्यक वस्तुको सेवामा भरपर्दो संस्था भएकाले निगमलाई नयाँ ढङ्गमा लैजान कार्ययाजना बनाउन आवश्क देखिएको उल्लेख गर्दै उनले प्रट्रोलियमसँगै जोडिएको एलपीजी ग्यासलाई पनि पाइपलाइनबाट बोटलिङ गरी गुणस्तर र भरपर्दो बनाउने विषयलाई पनि प्रश्ताव चाँडै निर्णय हुने अवस्था रहेको बताए ।

उनले भने,‘ नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा छ । व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिन्छ । ५५ वर्ष पूरा गरे अर्बको नाफा ग¥यौं,लाभांस बाँड्यौं भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौति लगायत नयाँ कुराको खोजि गर्नु आवश्यक छ । तेल मात्रै बेचेर मुनाफा कमाएर रमाउने धेरै लामो समय छैन । निगमको प्रवन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरुमा पर्ने नयाँ खालको काम खोज्न वाञ्छनीय ठान्दछु । नयाँ कार्यको खोजि गरिएन भने तेलमात्रै बेचेर संस्था खुम्चिएर संस्था धरापमा पर्न जान्छ । निगमको ग्राफलाई बढाउन आवश्व छ । निगमप्रतिको आम मानिसहरुको बुझाई राम्रो देखिँदैन । अत्यावश्यक वस्तुको ढुवानी,व्यवस्थापन,वितरण र व्यवसायीकतामा सफलता पाएपनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक पाइएको छ । निगम अत्यावश्यक वस्तुको सेवामा भरपर्दो संस्था हो । निगमलाई नयाँ ढङ्गमा लैजान कार्ययाजना बनाउन आवश्क छ । प्रट्रोलियमसँगै जोडिएको एलपीजी ग्याँसलाई पनि पाइपलाइनबाट बोटलिङ गरी गुणस्तर र भरपर्दो बनाउने विषयलाई पनि प्रस्श्ताव चाँडै निर्णय हुने अवस्था छ ।’

मन्त्री भण्डारीले सरकारले पेट्रोलियम पदार्थमा इथानोल प्रविधिलाई भित्र्याउन खोजिएको र पेट्रोलिय पदार्थमा इथानोललाई मिश्रण गर्ने सरकारको तयारी रहेको बताएका छन् ।


प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?