Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छुः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रिय सभाको २९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले नेत्र ज्योतिको समस्या हुने व्यक्तिको आँखा र स्वास्थ्यका लागि चिकित्सले प्रयोग गर्न सुझाव दिने चश्मामा लाग्ने कर हटाउनुपर्नेमा जोड दिएका छन् ।

उनले नेत्रज्याति संघ गैरसरकारी र गैरनाफामुलक भएको उल्लेख गर्दै चश्मामा लाग्ने मूल्य अभिवृद्धि कर व्यवहारिक बनाउनसके संघले गरिरहेको कार्यमा टेवा पुग्ने बताउदै मेडिकल चश्मामा लगाइने मूल्य अभिवृद्धि कर हटाउन अर्थमन्त्री र प्रधानमन्त्रीसँग पहल गर्ने बताएका छन्।

उनले भने, ‘नेपाल सरकारले ध्यान दिनुपर्ने यो जुन चश्मामा चाहीँ भ्याट लाइरहेको छ । जस्मा भन्नासाथै फेरि पावर ग्लासहरुलाई गनिन्छ । तर आजकल त के छ भन्दाखेरि पावरग्लास मात्रै होइन फेरि निकै फेन्सिबल चश्माहरु पनि हामी पाउँछौं । त्यस्ता चस्माहरु बाहेक आँखा र स्वास्थ्यका लागि चिकित्सकले प्रयोग गर्न सुझाव दिने चश्माहरुमा भ्याट हटउँदाखेरि राम्रो हुन्छ भन्ने कुराहरु आइरहेका छन् । हाम्रो स्वास्थ्य तथा जनसंख्यामन्त्रीज्यु पनि यही हुनुहुन्छ । यसमा वर्कआउट गर्नका लागि हामीले के गर्न सकिन्छ त्यसमा ध्यान दिनेछौं भन्ने कुरा राख्न चाहान्छु । तपाईको संस्था गैरसरकारी भएको र नाफामुलक नभएको हुनाले पनि करमा अलिकति रिभाइज गरेर व्यवहारिक बनाउन सकियो भने नेपालको नेत्रज्योति संघले गरिरहेको कार्यमा टेवा पुग्ने भएको कारणले गर्दा हामीले त्यसमा ध्यान दिनु नै पर्ने हुन्छ । त्यसका लागि म अर्थमन्त्रीदेखि लिएर प्रधानमन्त्रीसँग कुरा गरेर यसमा के गर्न सकिन्छ त्यसका लागि प्रयत्न गर्नेछु ।’

शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेत्रज्योति संघले गरिरहेको कार्यको प्रसंशा गर्दै जारी अधिवेशनको सफलताको लागि शुभकामना समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?