काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका नवनियुक्त राजदुतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधवार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेश गर्नेहरूमा युरोपेली सङ्घका आवासीय राजदूत चाल्र्स ह्वाइटली रहेका छन् । इण्डोनेसियाका लिस्टियोवाती, घानाका कोजो
काठमाडौँ। संसदीय सुनुवाई समितिले मलेसिया र साउदी अरबका लागि सिफारिस गरिएका राजदूतका नाम अस्वीकृत गरेको छ । समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेल र साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत गरेको छ । असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले १३ देशका लागि राजदूत सिफारिस गरेको थियो
काठमाडौँ। संसदीय सुनुवाई समितिले विभिन्न १० देशका लागि सिफारिस गरिएका राजदूतका नाम अनुमोदन गरेको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले भारत, चीन, संयुक्त राज्य अमेरिका लगायत १० देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । समिति सभापति बोधनारायण श्रेष्ठकाअनुसार अनुमोदित नामहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे,
काठमाडौँ। नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्नसक्ने भएका छन् । बुधवारदेखि नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा उक्त सेवा शुरु गरिएको छ । बुधवार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले शुभारम्भ गरेका हुन् । मन्त्री तिमल्सिनाले हुलाक
काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले माओवादी आन्दोलनको पुनर्गठन र पुनर्जागरण आवश्यक रहेको बताएका छन् । उनले विगतमा जनयुद्धको नेतृत्व गरेको पुस्ताले अब माओवादी आन्दोलनलाई अघि बढाउन नसक्ने जिकिर गरे । आन्दोलनका बाँकी एजेन्डालाई नयाँ पुस्ताले अघि बढाउनुपर्ने उनको भनाइ छ ।उनले माओवादी आन्दोलनका उपलब्धिका रूपमा संविधानमा समेटिएका अधिकारको
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साहले प्रहरी निरीक्षक आधारभूत तालिम (१८४ औं समूह) पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरूलाई कुनैपनि प्रकारको राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानूनको शासन कायम गर्न निर्देशन दिएका छन् । सोमवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीको छवि उच्च
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताएका छन् । सोमवार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४ औं समूहको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी संगठनलाई प्रविधिमैत्री, पारदर्शी र पूर्ण व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका हुन् । साइबर अपराध,
काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा विधिवत रुपमा जमरा राखिएको छ । आईतवारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको हो । हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत ११ः४७ बजे जमरा राखिएको छ । सो अवसरमा नेपाली सेनाको ब्याण्ड
काठमाडौं ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग आईतवारबाट खुलाउने तयारी गरिएको छ । त्रिशूली नदीको कटानका कारण सडक चर्किएर भासिएपछि अवरुद्ध बनेको राजमार्ग खुलाउन ब्याक कटिङ, ग्रेड कटिङ तथा माटो हटाउने काम भइरहेको हो । आज साँझसम्म यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको छ । नागढुङ्गा–नौबिसे–मुग्लिङ
काठमाडौं ।बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो भौतिक क्षति पु¥याएको छ । बाढीले घर, झोलुङ्गे पुल र जलविद्युत आयोजनाका संरचना बगाउनुका साथै तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाएको हो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै तनहुँ, मुग्लिन र चितवनसम्म सतर्कता अपनाउन आग्रह गरिएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन