Trending
>>   टर्किएद्वारा करिव १३ सय अनियमित आप्रवासी पक्राउ >>   तीन दिने अभियानमा ५.३ मिलियन अफगान बालबालिकालाई पोलियो खोप दिइने >>   बुटवल उपमहानगरपालिकामा डेङ्गी खोज र नष्ट गर अभियान शुरु >>   भारतको मुद्रास्फीतिमा कमी आउने अनुमान >>   देशमा पश्चिमी वायुको सामान्य प्रभावः चार प्रदेशमा पानी पर्ने सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर १२ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   सहकारीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा कोषमा आवद्ध गर्न आवश्यकः मन्त्री अधिकारी >>   सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ >>   एनपिएलको उत्कृष्ट नेपाली क्रिकेटरले ओमोडा गाडी पाउने >>   मुलुकमा झुटको खेती गर्नेको कमी छैन :प्रधानमन्त्री ओली
Logo
१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

मुख्य समाचार


छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोच्दैछु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशमा छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित काठमाडौं युथ कन्क्लेभमा युवाहरुले नेपालले महिला प्रधानमन्त्री कहिले पाउने ? युवाहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ’, रियालिटीमा दुई महिना,

आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु : रवि लामिछाने

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए । “आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति

प्रधानमन्त्री ओलीको आग्रहः सरकारप्रति आश गर्नुस्, भर पनि पर्नुस्

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गरेका छन् । शनिवार काठमाठौंमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताएका छन् । वर्तमान सरकार केही काम गर्नका

भारतीय राज्यमन्त्री खड्सेद्वारा बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त

काठमाडौँ । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले मस्र्याङ्दी नदी किनारामा भएको भारतीय पर्यटक सवार बस दुर्घटनाका घाइतेहरुको उपचारप्रति सन्तोष व्यक्त गरेकी छिन् । शुक्रवार(हिजो) भारतीय पर्यटक सवार बस बिहान करिव साँढे ११ बजे सडकमा अनियन्त्रित भई मस्र्याङ्दी नदी किनारामा दुर्घटना भएको थियो । दुर्घटनामा परि २७

तनहुँ बस दुर्घटनाका घाइतेलाई गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खडसेले भेटे

काठमाडौँ ।तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा शुक्रवार भएको बस दुर्घटनाका घाइतेसँग गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेले भेट गरेका छन् । शुक्रवार भारतीय पर्यटक सवार बस मस्र्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मत्यु भएको थियो भने १६ जना घाईतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार

कांग्रेस बैठक : चुनावअघिको गठबन्धन आवश्यकतामा गर्नुपर्ने आवाज बलियो

काठमाडौँ। सत्तारुढ दल नपाली काँग्रेसको केन्द्रिय समितिको बैठकमा सदस्यहरुले सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आफ्नो उपस्थितिलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुपर्ने बताएका छन् । शुक्रवार बसेको पार्टीको केन्द्रिय समितिको बैठकमा केन्द्रिय सदस्य र पूर्वपदाधिकारीहरुको सरकारमा सशक्त उपस्थिति देखाउन जोड दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण

राजनीतिमा पढेलेखेका र नैतिकवान व्यक्ति आएमात्रै देश बन्छः बाबुराम भट्टराई

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिमा शिक्षित व्यक्तिहरु निर्वाचित हुनसके मात्रै देश समृद्ध बन्नसक्ने बताएका छन् । शुक्रवार काठमाडौंमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा पढेलेखेका, नैतिकवान र सादगी मानिसहरु आउनसके मात्रै

छानबिन समितिमा रवि : मैले कार्यक्रम उत्पादन र सञ्चालनको पाटो मात्रै हेरेँ, आर्थिक पाटो जिबी राईलाई थाहा छ

काठमाडौँ। सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रवन्ध निर्देशक रवि लामिछानेसँग शोधपुछ गरेको छ । शुक्रवार सिंहदरबारमा समितिले सभापति लामिछानेसँग गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरुमा शोधपुछ गरेको हो । जवाफमा लामिछानेले आफ्नो नाम कहाँबाट कसरी रकम

विचौलियाहरुले रजगज गर्न नपाउने गरी बजार अनुगमन गर्नुपर्छ : डोलप्रसाद अर्याल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले विचौलियाहरुले बजारको रजगज गर्न नपाउने गरी सरकारले बजार अनुगमन गर्नुपर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले आम उपभोक्ताको हितसँग सम्बन्धित निकायहरुले पनि बजार अनुगमनको काममा ध्यान दिनेपर्ने बताए ।

मान्छे चन्द्रमामा पुग्दैमा उसको पहिचान मेटिँदैनः अध्यक्ष राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले मानिसको पहचिानको आवश्यकता कहिल्यै नमेटिने बताएका छन् । शुक्रवार काठमाडौंमा आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ग्लोवलाइज हुँदैमा पहिचानको आवश्यकता मेटिने नभइ झनै बढ्दै जाने बताए। उनले मधेसीहरुलाई नेपाली भन्न हिच्किचाउने तर मधेसीको पनि पहिचान बन्न नदिने

सम्वन्धित समाचारहरु