Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

राजनिति


प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट वर्चस्व देखिएको छ। सार्वजनिक भएको विवरणअनुसार प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जित हासिल गर्दा समानुपातिकतर्फ पनि ५०,२०,७६३ मतसहित अग्र स्थानमा रहेको छ। यसैगरी ,प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १८ सिट जितेको छ भने समानुपातिकतर्फ १६,९६,२१७ मत

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा होमिएका यातायात व्यवसायीमध्ये २ जनाले मात्रै जित हाँसिल गरेका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिएका ४ यातायात व्यवसायीहरुमध्ये २ जनाले मात्रै जित हाँसिल गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष समेत विजयबहादुर स्वाँरले कैलाली–२ बाट प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

काठमाडौँ । हालै भएको प्रतिनिधि सभा चुनावमा खर्बपति उद्योगीदेखि पूर्व अर्थमन्त्रीसम्मले हार व्यहोर्नुपरेको छ । लामोसमय देशको ढुकुटी सम्हालेकादेखि उद्योगपतिहरुलाई खासगरी रास्वपाको लहरले बढारेको हो । नेपाली काँग्रेसले नवलपरासी पश्चिम–१ बाट खर्बपति व्यवसायी विनोद चौधरीलाई दोस्रोपटक उम्मेदवार बनाएको थियो । फोब्र्सको सूचीमा सूचीकृत एकमात्रै नेपाली व्यवसायी चौधरी २०७९ को निर्वाचनमा

अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको पराजयबाट निराश नभई पार्टी अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गर्ने बताउनुभएको छ । कुराकानीमा उहाँले छिट्टै केन्द्रिय कार्यसमितिको बैठक बसेर पराजयको बुँदा–बुँदामा समीक्षा गरिने जानकारी दिनुभयो । उहाँले काँग्रेसका समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह

रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी आफूले लिन तयार रहेको बताउनुभएको छ । निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुलुकको नेतृत्व गर्नेगरी जनमत दिएको स्वीकार गर्दै शर्माले काँग्रेस लगायतका मूलधारका दलहरूप्रति जनताको विश्वास किन गुम्दै गयो भन्ने

बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित

काठमाडौँ। झापा–५ बाट प्रतिनिधि सभा निर्वाचनको मतगणना पूर्ण भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र (बालेन) शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब ५० हजार मतले पराजित गर्दै ऐतिहासिक विजय प्राप्त गरेका छन् । बालेनले ६८,३४८ मत प्राप्त गर्दा ओली सीमित १८,७३४ मतमा रोकिए। मतान्तर करिब ४९,६१४ पुगेको छ। तेस्रो

रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा प्राप्त ऐतिहासिक सफलतालाई उत्सवभन्दा पनि जिम्मेवारीका रुपमा लिएको बताउनुभएको छ । शनिवार चितवन क्षेत्र नम्बर २ बाट विजयी भएपछि मतदातालाई धन्यवाद दिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि विजय ¥याली र जुलुस नगर्ने

रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले आफ्नो पार्टी नेतृत्वको नेपाली जनताको युगौँ युगदेखिको समस्या समाधान हुनेगरी काम गर्ने बताउनुभएको छ । चितवन क्षेत्र नम्बर ३ बाट भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । नेतृ गौतमले आफ्नो पार्टीले अव सरकार बनाउने

हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा बन्ने सरकारले असंलग्न परराष्ट्र नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्दै उहाँले रास्वपाको कुटनीति अब ‘डेभलपमेन्ट डिप्लोमेसी’ (विकास कूटनीति) मा केन्द्रित हुने प्रष्ट पार्नुभएको हो । चितवनमा आयोजित धन्यवाद सभामा बोल्दै लामिछानेले

हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ

कास्की। कास्की निर्वाचन क्षेत्र नम्बर ३ वाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विना गुरुङले आफू राजनीतिक लाभका लागि नभई जनताको सेवा गर्न आएको बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिएपछि उहाँले गाउँबस्तीमा पुग्दा देखिएका आमाबुबाको पीडा र आँशु पुछ्ने जिम्मेवारी आफूले महशुस गरेको बताउनु

सम्वन्धित समाचारहरु