Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१४ पुष २०८२, सोमबार
१४ पुष २०८२, सोमबार

राजनिति


प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच भेट

१८ जेठ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा उनिहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उनिहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री

कांग्रेस पुनः निर्माणका लागि गुटको अन्त्य हुनुपर्छ : गगन थापा

१८ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्ने बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक सङ्घले आज यहाँ आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा उनले पार्टी रूपान्तरणका लागि गुटहरू भत्काउनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

१८ जेठ, नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो । आजै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र

प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज

१८ जेठ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिएका छन् । प्रधानमन्त्रीस्तरीय भेटवार्ता तथा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन लगत्तै भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसको केदार हलमा दिवाभोजको आयोजना गरेका हुन् । भोजमा नेपाली प्रतिनिधिमण्डलका मन्त्रीगण, उच्च सरकारी अधिकारी

नेपालगञ्जको एकीकृत जाँच चौकीको उद्घाटन, भैरहवाको शिलान्याश

१८ जेठ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्रीकोे कार्यालय हैदरावाद हाउसबाट उनिहरुले सो जाँचचौकीको उद्घाटन गरेका हुन् । सहजरुपमा व्यापार प्रवद्र्धनका लागि सो जाँचचौकी महत्वपूर्ण मानिएको छ ।

भ्रमण पुस्तिकामा प्रधानमन्त्री प्रचण्डले गरे हस्ताक्षर

१८ जेठ, नयाँदिल्ली । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् । बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा रहेको भ्रमण पुस्तिकामा प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर गर्नुभएको कलम भारतका प्रधनमन्त्री मोदीले उपहारमा प्रदान गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई उपहार स्वरुप

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

१८ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन् । धुम्बाराहीस्थित आफ्नै निवासमा आज आयोजित एक कार्यक्रमकाबीच पार्टीकोतर्फबाट आरोही बुढामगरलाई सम्मान गर्दै सभापति देउवाले नेपालको पहिचानलाई विश्वभर

नेपालसँगको सीमा विवाद समाधान हुन्छ : भारतीय प्रधानमन्त्री मोदी

१८ जेठ, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा विवाद समाधान हुने बताएका छन् । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार दिउँसो हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सीमा विवाद समाधान हुने बताएका हुन् । नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम

फुकोट कर्णालीको ५१ प्रतिशत शेयर भारतीय कम्पनीलाई दिने सम्झाैता

१८ जेठ, नयाँदिल्ली । नेपाल सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सो आयोजना अगाडि बढाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद रिजाल र एनएचपीसीका प्रतिनिधिले हस्ताक्षर गरे

भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने

१८ जेठ, नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य लिएको जानकारी दिएका हुन् । फुकोट कर्णाली र

सम्वन्धित समाचारहरु