Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२२ पुष २०८२, मंगलवार
२२ पुष २०८२, मंगलवार

सङ्घीय संसद् भवन निर्माणलाई थप गति दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन


२५ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको आज अवलोकन गर्दै प्रधानमन्त्रीले पछिल्ला दिनमा भवन निर्माणले गति लिएकामा प्रशन्नता व्यक्त गरे । उनले कामलाई थप गति दिएर हिउँदे अधिवेशन अगावै सम्पन्न हुने वातावरण बनाउन आग्रह गरे ।

मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक थलोका रुपमा रहेको सङ्घीय संसद्को काम कारबाही भाडाको भवनमा सञ्चालन गर्नुपर्दा नमिठो अनुभव भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो नेतृत्वको नयाँ सरकार गठन भएपछि कामले गति लिएकामा संलग्न सबैलाई आभार व्यक्त गरे ।

उनले कुनै समस्या उत्पन्न भएमा तीन दिनभित्रै समाधान गर्नेगरी सहरी विकासमन्त्री सीता गुरुङले आवश्यक प्रबन्ध गरेकोमा धन्यवाद दिए । उनले कामको गति थप कसरी बढाउन सकिन्छ भन्नेबारेमा मन्त्री, सचिवलगायतका अधिकारी र निर्माण व्यवसायीलाई आवश्यक परामर्श गर्नसमेत निर्देशन दिए ।

प्रधानमन्त्रीले सो अवसरमा निर्माणाधीन १२ वटै भवनको अवलोकन निरीक्षण गरेका  थिए । आफूले यसअघि नै नेपाल औषधि लिमिटेड रहेको स्थानमा संसद् भवन बनाउने उद्देश्यले अवलोकन गरेकोसमेत स्मरण गरे । प्रधानमन्त्रीले हाल निर्माणाधीन भवन सुविधा सम्पन्न रहेको र यसले संसद्का काम कारबाहीलाई थप गति दिन बल पुग्नेसमेत बताए ।

भवनको संरचना निर्माण भइसकेकाले अब फिनिसिड र छाना हाल्ने काम बाँकी छ । उनले ती कामलाई युद्धस्तरमा अगाडि बढाउन आग्रह गरे । सहरी विकासमन्त्रीमा छिटो र गुणस्तरीय काम गर्ने स्पिरिट रहेको भन्दै प्रधानमन्त्रीले त्यसलाई सम्मान गर्दै थप गति दिन सम्बद्ध निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । प्रधानमन्त्रीकोतर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन र काममा सहजीकरण गर्न आफू तयार रहेको उनको भनाइ छ ।

सो अवसरमा सहरी विकासमन्त्री गुरुङले सङ्घीय संसद् भवनको निर्माणको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । सो अवसरमा सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, निर्माण व्यवसायीका प्रतिनिधिको सहभागिता थियो ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?