Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२२ पुष २०८२, मंगलवार
२२ पुष २०८२, मंगलवार

साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड


२५ असार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताएका छन्।

सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने’ बताएका हुन्।

उनले भने, ‘राष्ट्रको समग्र विकास र संवृद्धिका निम्ति, मुलुकको अग्रगामी परिवर्तनको निम्ति इतिहासका विभिन्न कालखण्डमा राजनीतिक व्यक्तित्व, लगायत विभिन्न विधासँग सम्बन्धित व्यक्तित्वहरूले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । यसै यथार्थलाई हृदयङ्गम गरी राज्यले विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याउँदै आउनुभएका अग्रज व्यक्तित्वहरूको नाममा विभिन्न प्रकारका पुरस्कारको स्थापना गरी योगदानको उचित कदर र सम्मान गरेको तथ्य विदित नै छ । यसका निम्ति मन्त्रालय र पुष्पलाल प्रतिष्ठान परिवारप्रति आभार व्यक्त गर्दछु ।’


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?