२७ चैत्र, काठमाडाैँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल
२७ चैत्र, चितवन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'ले सिंहदरबारको फोहर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गरेका छन् । उनले चितवनमा पत्रकारहरूसँग बोल्दै उक्त प्रश्न गरेका हुन् । ‘महानगरको मेयरले सिंहदरबारको फोहर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? अझ सार्वजनिक रुपमा सामाजिक सञ्जालमामार्फत् भन्न
२७ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टीको 'कोर टीम'को खोजी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरूङले रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको अडियोमा उल्लेख गरिएको कोर टीमबारे अनुसन्धान हुनुपर्ने माग गरेका हुन् । आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले मन्त्री बन्न
२७ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक सन्तोष परियारले संसदमा माफी मागेका छन् । रास्वपाका सांसद् ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड मागेको अडियो बाहिरिएपछि उनले सोमबारको संसद बैठकमा माफि मागेका हुन् । उनले भनेका छन्, 'हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाका कारण तपाइहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं
२७ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उनले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिए । “सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस्
२७ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन् । सोमबार बिहान नेपाल चेम्बर अफ कमर्सको ७२ औँ साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परम्परागत सोचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक
२७ चैत्र, तनहुँ । उच्च अदालत पाटनले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार शोभा गुरुङ चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ । आइतबार उच्च अदालत पाटनले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार दिएकी गुरुङलाई चेक अनादर मुद्दामा
२७ चैत्र, काठमाडाैँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिएका छन् । भन्सार विभागद्वारा सोमबार आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिए । ‘आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन, जायज कुराहरु के
२७ चैत्र, काठमाडाैँ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि पर्याप्त अभ्यास र अनुभव नभएका कारण संसदीय उपलब्धिका हिसाबले यो वर्ष पनि उत्साहपूर्ण नभई सन्तोषजनकमै सीमित रहन पुगेको छ । तत्कालीन सत्तापक्ष र प्रतिपक्षबीच चुनावबारेमा आ-आफ्नै अडान र अविश्वासको वातावरणबीच सहज रुपमा निर्वाचन सम्पन्न भई मुलुक नयाँ कोर्षमा अघि
२७ चैत्र, जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ । करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो । गत फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचनका कारण पनि प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका