Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

राजनिति


कुलमान बर्खास्तीबारे माओवादीः प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने खेल

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत प्राधिकरणलाई विचौलियाको हातमा सुम्पिनको लागि कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकको सुरुमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले यस्तो आरोप लगाएका हुन् । उनले कुलमान घिसिङको बर्खास्ती वक्यौता उठाउन नदिने,

सामाजिक–आर्थिक असमानताको बहुआयामिक चुनौति चिर्न सरकार प्रतिवद्धः उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार दु्रत शहरीकरण, प्राकृतिक वातावरणीय ह्रास र सामाजिक–आर्थिक असमानताको बहुआयामिक चुनौतीहरु चिर्न प्रतिवद्ध रहेको बताएका छ्न । बुधवार ललितपुरमा आयोजित शहरी शासन र विकाससम्बन्धी क्षेत्रीय गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री सिंहले सरकार जीवन र जीविकोपार्जनमा केन्द्रित भएर भई समावेशी शहरी शासनको संरचना निर्माण

कुलमान हटाएको भन्दै राष्ट्रिय सभामा पनि प्रतिपक्षी दलको अवरोध

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेका छन् । बुधवारको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), का सांसदहरुले उठेर बिरोध जनाएका हुन् । प्रतिपक्षी दलले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएको भन्दै

गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजियोः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन् । जुद्ध वारुण यन्त्र भक्तपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रले केही पनि गर्न सकेन भन्ने आरोपको खण्डन गर्दै जनताको अवाज सुन्ने व्यवस्था नै लोकतान्त्रिक गणतन्त्र भएको बताए । उनले

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ फिर्ता लिन माग गर्दै प्रदर्शन

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक , २०८१ फिर्ता गर्न माग गर्दै बिरोध प्रदर्शन भएको छ । बुधवार काठमाडौंको सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय अगाडि आधिकारिक ट्रेड युनियन, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुले बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई

भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने सत्तारुढ दलहरुको निर्णय

काठमाडौँ। सत्तारुढ दलहरुले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । बुधवार बालुवाटारमा बसेको सत्तापक्षीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र १८ गतेभित्रमा प्रमाणीकरण भइसक्नुपर्ने कानूनी व्यवस्था रहेकाले सो अवधिसम्म प्रणामीकरण हुने स्थिति नदेखिएको भन्दै अध्यादेश फिर्ता लिने

कुलमान हटाएको भन्दै संसदमा प्रतिपक्षी दलहरुको अवरोध

काठमाडौँ। प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्षी दलहरुले संसद अवरोध गरेका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यहरुले उठेर बिरोध जनाएका हुन् । प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै संसद अवरुद्ध पारेका हुन् । सोमवार

अहिले नै जनताले चौरासी गर्ने जस्तो स्थिति भइसक्योः सांसद बाँस्कोटा

काठमाडौँ। नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनी राजमार्गअन्तर्गतको ४ किलोमिटर सडक बनाउन नसक्दा जनताको आलोचना व्यहोर्नु परिरहेको बताएका छन् । मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बाँस्कोटाले निर्वाचनलाई लक्षित गरेर २०८४ भन्ने गरिएको भएपनि जनताले अहिले नै चौरासी गर्न लागिसके भन्दै व्यंग्य गरेका छन् । उनले जसलाई जहाँ दुखेको

कुलमानलाई हटाएर सरकारले ठूलो गल्ती गर्यो, निर्णय सच्याओस्ः जनार्दन शर्मा

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको बताएका छन्  । मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले  सरकारले गल्ती गरेको कुरा भविष्यमा पश्चताप हुने उल्लेख गरेका छन् । उनले हटाउनुको कारण काम गर्न नसकेको भन्ने आरोप रहेको

तिललाई पहाड बनाउने काम हुँदैछ, केही अर्थ छैनः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारितका साथ काम गरिरहेको बताएका छन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजाता कोईरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले  नेपाल विद्युुत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई पहाड बनाउने काम भइरहेको

सम्वन्धित समाचारहरु