१० ,कात्तिक ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा पनि छलफल भएको
काठमाडौ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम एक दिन पछि सरेको छ । यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना हुने भनिएकामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसको नेपाल भ्रमणको कार्यतालिकालाई ध्यान दिँदै यही
९ ,कात्तिक ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन आज साँझ अमेरिका भ्रमणमा गएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा अमेरिका गएका हुन् । अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणका क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको
९ ,कात्तिक ,काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका
९ ,कात्तिक ,त्रिवेणी (रुकुम पश्चिम) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताएका छन् । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा सहिद स्मृति खेलकुद तथा सांस्कृतिक मेलामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकार बनेदेखि नै ढाल्ने चलखेल सुरु भए पनि कसैले हल्लाउन नसक्ने बताए । “गठबन्धन
९ ,कात्तिक ,दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकामा वाम सहकार्य र समन्वयका लागि कार्यदल गठन गरिएको छ । दसैँको अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा वाम भेटघाटका क्रममा कार्यदल गठन गरिएको हो । शुक्लागण्डकी नगरपालिकामा क्रियाशील कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत वाम बुद्धिजीविको
९ ,कात्तिक ,विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासनका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने बताएका छन् । विराटनगरको सोभित भवनमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताए । उनले अहिलेको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म चल्ने
८ ,कात्तिक ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रधानमन्त्री दाहालले आज उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका हुन् । सो अवसरमा उनिहरुबीच समसामयिक विषयमा कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । जनवादी गणतन्त्र चीनका
८ ,कात्तिक ,काठमाडौँ । निर्वाचनमार्फत वर्तमान संसद् गठन भएको पनि करिब एक वर्ष पुग्न लागेको छ । संसद्को एकवर्षे अवधिमा भइरहेका अस्वभाविक परिघटनाका कारण संसद् र सांसदको भूमिका माथि नै प्रश्न उठाउने गरिएको छ । संसद्को प्रमुख जिम्मेवारी कानुन निर्माण नै हो । संविधानसभाबाट संविधान जारी भइसकेपछि संविधान कार्यान्वयनसँग अत्यावश्यक
८ ,कात्तिक ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन् । खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उनले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । मलेसियाको क्वालालाम्पुरमा हिजो भएको एसिसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले युएईलाई पराजित