Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

जसपाले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौं। जनता समाजवादी पार्टी नेपालले बुधवारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।

यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको एक नेताले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ ।

उक्त पार्टीका नेताहरूको सक्रियतामा भएका कार्यहरूको प्रगति विवरण सम्बन्धी प्रतिवेदन प्रस्तुत हुने उनले बताए । उनका अनुसार यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?